भारतको मुम्बईमा गोर्खाहरुको बिरोध प्रदर्शन हुने, तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासलाइ नेपाली संग माफी माग्न दबाब

भरत पौडेल,

भारतमा छरिएर बसेका भारतीय गोर्खाली र भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकलाइ लक्षित गरि तृणमुल कांग्रेसका प्रवक्ताले भर्खरै दिएको विवादित बयानले भारतभरी गोरखाहरु बिच असंतोष, भय तथा विरोध देखिएको छ । प्रत्येक दिन गोर्खा सैनिकको भारतका लागि शहीद भएको समाचार कुनै नौलो होईना । यही महीनामा पाकिस्तानी सैनिकसँगको भिडन्तमा दुई गोर्खा सैनिकले वीरगति प्राप्त गरेका छन् । वीरगति प्राप्त गर्नेमा हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ जानकारी आएको छ । संवेदनशील समयमा तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासले गोर्खाहरु घुसपैठिये, देशभक्तिमा संदेह र भारत देखि गोर्खाहरुलाई लखेट्ने बयानले भारतमा हलचल मच्चाएको छ ।

पश्चिम बंगाल राज्यमा बिगत एक दशक देखि गोर्खाहरुको माग र अधिकार दमन भई रहेको छ । अहिले राष्ट्रीय नागरिक रजिस्टर (एनआरसी) को नाममा गोर्खाहरुलाई डराउने राजनीति चलखेल चलेको छ । तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासको विवादित बयान उनकै पार्टीलाइ गलाको फास बनेको छ । देशका प्रमुख राजनीति पार्टी बीजेपी, कांग्रेस लगायत सम्पूर्ण राजनीतिक दलहरुले घोर भर्त्सनाका साथ गोर्खाहरुको देश प्रति बलिदानको सम्मान गर्दै NRC ले गोर्खाहरुलाइ कुनै प्रभाव नपर्ने आश्वासन दिएका छन ।

एनआरसी को विषयवस्तु उठाएर भारतीय गोर्खा समाज र नेपाली समाजमा असहिष्णुता फैलाएर अराजकतालाई बढाउने काम स्पष्ट देखिन्छ । वर्तमान परिदृश्यमा यस प्रकारका क्रियाकलापको विरोध नगरे आउदो भविष्यमा नेपाली समाजले ठुलो समस्याको सामना गर्नु पर्ने छ भन्ने विषय बस्तु लिएर मुम्बईमा बसोवास गर्ने नेपालीहरु एकजुट भइ शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

यस विर्हत विरोध प्रदर्शनमा कुनै पनि राजनीतिक अथवा सामाजिक संस्थाको योगदान नभएको र सम्पूर्ण मुम्बईमा बसोवास गर्ने नेपालीहरुको सांझा प्रदर्शन हुने अभियन्ताले जानकारी दियका छन् । यस विरोध प्रदर्शनलाइ सफल गराउनको निम्ति मुम्बईमा कार्यरत समाजसेवी प्रविण सिंह विश्वकर्मा, धिरेन्द्र टमट्टा, रमेश सिंह, कमल सिंह र ईन्द्र बहादुर सिंह महत्वपूर्ण योगदान रहेको छ । यतिबेलाको परिस्थीतिमा भारतीय नेपाली र नेपाली समाजले आफ्नो स्वाभिमानको लागि आवाज उठाउन जरुरी देखिएको तसर्थ सबैमा अनुरोध गर्दै अभियानकर्ताले नेपाली आवाज र शक्ति देखाउन निम्न भव्यरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएको बताए ।

२५ अक्टूबर २०१९, दिउँसो २ बजे आजाद मैदान, मुम्बईमा (वि टि रेल्वे स्टेशन नजदिक) “भारत – नेपाल मित्रता” मूल नाराका साथ मुम्बईका स्थानिय निवासी, तराई, डुवर्स, दार्जीलिङ, आसाम, उत्तराखण्ड लगायत, प्रवासमा बसोबास गर्दै आएका सम्पूर्ण भारत – नेपाली समाजलाइ उपस्थित हुन अभियानकर्ताहरुले हार्दिक अपील गरेका छन् । यस शान्ती पूर्ण गरिने विरोध प्रदर्शन कुनै पार्टी अथवा देशका विरुद्ध नभएर बंगलमा गोर्खा समाज प्रति भइरहेको दमन तथा तृणमुल कांग्रेसका प्रवक्ता तन्वी दासको को स्टेटमेन्ट फिर्ता लिने र माफी माग्ने माग राखिएको अभियन्ता ले जानकारी दिएका छन् ।