जिग्री र पाँडे विरुद्व प्रहरीमा उजुरी के बन्दहोला त सक्कीगोनी ? (भिडियो सहित)

हाँस्यकलाकार कुमार कट्टेल र अुर्जन घिमिरे विरुद्ध मिडिया हवले प्रहरीमा उजुरी हालेपछि यति बेला फेरि अर्को विवादमा तानिएको जनाइएको छ । उजुरी परे लगत्तै महानगरीय प्रहरी परिसर पुगेका कुमार कट्टेल जिग्रिले फेसबुकमा एक स्टाटस् लेखेका छन् “यही देश मा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस ” नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ ।

मिडिया हवका मालिक सोम धितालले ‘सक्किगोनि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पात्र हुबहु प्रयोग नगर्न बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि प्रहरीमा उजुरी दिएको बताएका छन् । धितालले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् । प्रहरीमा उजुरी परेसँगै प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ । यसअघि मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ सुरुवात गरेको थियो । भिडियो हेर्नुहोस ।