हेर्दा–हेर्दै चितुवाले बालिका लग्यो, तनहुँको भानुमा बाघ नै बाघ, त्रासमा स्थानीय (स्थलगत रिपोर्ट)

पोखरा/ तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परी एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् ।
बेलुकीको करिब ६ बजे छिमेकीको घरमा चार्जमा रोखेको बत्ति लिन जाँदा सोनियालाई एक्कासी चितुवाले आक्रमण हो । नजिकै रहेका दाईले चितुवाले लादै गर्दा देखेपछि कराए र चितुवाले सोनियालाई घर भन्दा २० मीटर पर छोडेर गयो ।
चितुवाको आक्रमणबाट बालिकाको घाँटीको दुबै तर्फ चोट लागेको प्रहरीले जनाएको छ । उनको लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार गरि थप उपचारको लागि चितवन स्थित चितवन मेडिकल कलेजमा लगिएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले बताए ।
प्रायःजसो साँझको समयमा घर नजिकै चितुवा आउन थालेपछि भानु १, २, ३ र ४ का बासिन्दाहरु त्रासमा रहेका छन् ।
भानु नगरपालिकाको विभिन्न ठाउँहरमा यसअघि पनि चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको मृत्यु भईसकेको छ । यो नवौं आक्रमण हो । ४ जना बाँच्न सफल भएका छन् ।