जाँदा जाँदै किन यस्तो भन्दै गए प्रधानमन्धी ओलीलाई, चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले (भिडियो सहित)

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो भ्रमण दुई देशबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन् ।

भ्रमण सम्पन्न भएपछि दुई देशले आज जारी गरेको एक संयुक्त विज्ञप्तिमा यस अवधिमा राष्ट्रपति सीले नेपाली समकक्षी विद्या भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको, राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभएको र न्यानो तथा सौहार्दपूर्ण वातावरणमा दुई देशका नेताहरु आपसी सम्बन्ध तथा चासोका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा गहन दृष्टिकोण आदान प्रदान गरी व्यापक समझदारीमा पुग्नुभएको उल्लेख गरिएको छ । भिडियो हेर्नुहोस ।