बिहे गरेको केहि दिन बित्न नपाउदै परदेशिएका युवाको मन छुने कथामा आयो रूहाउने गीत

कमल सरगम-काठमान्डौ।नेपाली लोक दोहोरी क्षेत्रकी एक होनहार गायिका सम्झना भण्डारीको अर्को मार्मिक लोक दोहोरी गीत’कपाल कोरेर’बजारमा आएको छ।परदेशीको कथा जोडिएको उक्त गीतमा नेपालमा हुने दैनिक घटनालाई र देशमा रोजगारको अभावलाई जोडिएको मात्रै छैन एक बिबाहित नव जोडीको बिछोडको कहानी गीतमा छ।

गीतमा लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि खेम सेन्चुरीकै रहेको छ।पृथ्वी इन्टरटेण्डमेन्ट मार्फत बजारमा आएको उक्त गीतमा बिनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ भने बिनोद भण्डारीकै निर्देशन तथा कथा भिडियोमा छ।भिडियो निकै मार्मिक कथामा जोडिएको छ।हेरौ भिडियो नै