सरकारले चाहे यति चाडो बिकाश हुने रहिछ, चिनियाँ राष्ट्रपतिको भ्रमणमा यस्तो सम्म ग¥यो (भिडियो सहित)

चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ। बडादशैंकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौंको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ। विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो काम सकाउन र रङरोगन गर्न अहिले मुख्य सडकमा चापाचाप देखिन्छ।महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले शहरलाई सुन्दर, हराभरा र स्वच्छ राख्न आफूहरूले काम गरिरहेको बताउँदै विभिन्न आइल्याण्ड, उद्यान निर्माण र सडकका बारहरूमा रङ्रोगन भइरहेको बताए।

हेर्नुहोस सरकारले के के गदै छ भिडियोमा ।