दशैंको मुखमा के भयो यस्तो ? अर्घाखाँची जिप दुर्घटनामा श्रीमान श्रीमतिको नै मृत्यु (भिडियो सहित)

अर्घाखांचीको नरपानीमा भएको जीप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । उक्त दुर्घटनामा परि दाङको लमही नगरपालिका वडा नं। ५ का ५१ वर्षिय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षिय श्यामकला खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । घाईतेहरु मध्ये उनिहरुकै दुई छोरी छन् । मृतक दम्पत्तीका दुई छोरी १६ वर्षिय विन्दु खनाल र १२ वर्षिय अनिता खनाल घाईते रहेको र उनिहरुको सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाईएकोे जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । कपिलवस्तुको कृष्णनगरबाट अर्घाखांचीको सन्धिखर्क जांदै गरेको उनीहरु सवार लु। १ ज ४३२९ नं। को स्कार्पियो जीप सन्धिखर्क नगरपालिकाका वडा नं। ६ रातामाटा स्थीत साङखोलामा दुर्घटनामा परेको थियो । खनाल परिवार अर्घाखांचीमा रहेको आफ्नो पूख्र्यौली थलोमा दशैं मनाउन जांदै थिए । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी २५÷३० वर्षका युवाको भने पहिचान खुल्न सकेको छैन । चालक सहित ९ जना सवार उक्त जीप ओरालो सडकमा अनियन्त्रीत भई सडकदेखि तिनसय मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमीका विरेन्द्र श्रेष्ठ सहित अन्य चार तिनजना यात्रु सामान्य घाईते छन ।

भिडियो हेर्नुहोस ।