दशैंको फुलपातीको दिनमा हवाई फायर गर्नुपर्ने के भयो यस्तो ? (भिडियो सहित)

हिजो नवरात्रिको सातौं दिन अर्थात् फूलपाती घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ । गुल्मीका भिन्नि शक्तीपीठहरु तथा दशैघरमा फुलपाती भित्राइएको छ । जिल्लामा रहेको बिरभद्रजंग गुल्मी, सशस्त्रप्र प्रहरी वल गुल्मी गुल्मी र नेपाल प्रहरी सहीतको टोलीले आइतवार सदरमुकाम तम्घासको धागिथुम भगवती मन्दिरमा फुलपाती भित्राएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फुलपाती भित्राउनको प्रमखु जिल्ला अधिकारी यदुनाथ पौडेल सहित बिभिन्न सुरक्षा निकायका प्रमुखहरु एवं मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीय बासीहरुको सहभागितामा फुलपाती भित्राइएको थियो । मिन्दर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित बिभिन्न व्यत्तित्वहरुले बिधिवत रुपमा पूजा आज गरेर भित्राइएको हो । फुलपाती भित्राउने कार्यक्रममा नेपाली सेना सहित ३ वटा सुरक्षा निकायले सलामी अर्पण गरेका थिए । मन्दिरमा भित्राईएको फुलपाती लिएर स्थानीले आफ्नो दशैं घरमा ल्याएर चढाउने प्रचलन रहेको छ ।

खत्रा भिडियो हेर्नुहोस