महरा दोषी ठहर भएको खण्डमा सजाय के के हुन्छ ? हेर्नुस सम्पूर्ण विवरण यस्तो छ (भिडियो सहित)

महिला बलात्कारको अभियोग लागेका कृष्णबहादुर महरा प्रकरणमा नयाँ–नयाँ ट्वीस्ट देखा पर्न थालेको छ । आरोप लगाउने महिलाले ४८ घण्टामा आफ्नो बयान फेरेकी छिन्र भने घटना टालटुल पार्न र चर्काउन गरिएका अनेकथरी प्रयासले घटनाका नयाँ थप पोलहरु खुल्दै जान थालेको छ ।

सभामुख कृष्णबहादुर महरामाथि बलत्कारको प्रयास गरेको आरोप लागेपछि उनको पद निलम्बन हुन्छ वा अन्य के कारबाही होला भन्ने चासो बढेको छ।यदि महरामाथि स्वतन्त्र छानबिन सुरु भयो भने संविधान र मुलुकी फौजदारी अपराध संहिताको व्यवस्था आर्कषित हुने देखिन्छ। यस विषयमा संविधानको भाग ८ धारा ९१ अनुसार कारबाहीको प्रक्रिया अबलम्वन गर्नुपर्ने हुन्छ। तल भिडियोमा सम्पूर्ण कुराहरु हेर्नुहोला