विस्व अहिंसा दिवस – नेपालले विस्वब्यापी रुपमा विशेष दिन बनाउन सक्ने दिन

रामकुमार श्रेष्ठ

अहिंसा र शाकाहारी अन्योन्याश्रित छन र अहिलेको विस्वमा शाकाहारीको संख्या दिनानुदिन बढ्दो रुपमा छ । विस्व स्तरीय सेलिब्रिटी २६ बर्षीया अरियाना ग्राण्डे लगायत झन्डै ५० विस्व स्तरीय सेलिब्रिटीहरु शाकाहारी छन । १७ बर्षमा नै नोबेल शान्ति पुरस्कार प्राप्त गरेर रेकर्ड राख्ने मलालाको रेकर्ड तोड्ने संघारमा आएकी पर्यायवरण अभियन्ता स्विडेनकी १६ बर्षीया ग्रेटा थनबर्ग त झन शाकाहारी मात्रै नभएर भेगान हुन जस्को प्रेरणाका कारण यूरोपका हजारौं किशोर किशोरीहरु भेगान बनेका छन ।

आज अक्टोबर २ तारिख – विस्व अहिंसा दिवस । यो दिवस “विस्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्ने” भन्ने सिद्धान्तमा आधारित छ ।

विस्वमा नै अहिंसाका लागि विस्व समाजले मानेका अहिंसाबादी नेता महात्मा गान्धीको जन्मदिन पनि हो आज । सामाजिक न्यायमा अहिंसाको भूमिका अतुलनिय हुने भएकोले अहिंसा सामाजिक न्यायको वास्तबिक आधार बन्न सक्यो भने मात्रै सामाजिक न्यायले मूर्त रुप लिन सक्छ जुन बिशेष गरी कुर्सीमा बस्नेहरुले प्रत्यक्ष परोक्ष रुपमा साधन, श्रोत र अधिकारको दुरुपयोग गर्ने गरेबाट हुन सकेको देखिन्न ।

विस्व अनि मानब इतिहासले हिंसा र द्धन्दका कैयन घटनाक्रमहरुको सामना गर्दै आएको छ । नीजि वा समूहगत वा राष्ट्रिय स्वार्थ प्राप्ती चाहनाले बिभिन्न स्तरको युद्धको अवस्थाको सिर्जना गर्छ । आफ्नो नीजि स्वार्थ प्राप्तीका लागि एउटा ब्यक्ति वा संस्थाले आफूलाई सामाजिक र सकारात्मक सोंचको पक्षपाती भन्दाभन्दै पनि पछाडि बसेर नकारात्मक काम कुराको लागि अथाह धन र श्रोतको प्रयोग गरिराखेका हुन्छन र यसरी लगाम लगाउनेका कारण सिर्जित समस्या झन जघन्य अपराध हो यस्ले निम्त्याउने जटिलताका कारण । न त त्यसो गर्नेबारे जन अनभिज्ञता हुने नै हो ।

अहिंसा दिवस भन्ने बित्तिक्कै विस्व शान्तिका प्रतिक वुद्धको प्रसंग नजोडिने भन्ने त प्रश्नै आउँदैन । नेपाल सरकारले विस्व शान्ति कायम गर्ने एउटा प्रमुख उद्धेस्य लिएको संयुक्त राष्ट्र संघमा वुद्ध र विस्व शान्तिलाई जोडेर नेपालको समेत प्रबर्द्धन गर्ने गरी रास्ट्र संघकै क्यालेण्डरमा पर्ने कुनै बिशेष महत्वपूर्ण दिवस मनाउन सक्छ सहजै जुन अहिलेसम्म हुन सकेको देखिन्न । राष्ट्र संघमा मनाइने वुद्ध जयन्तीमा पनि श्रीलंका आयोजक बन्ने र नेपाल अतिथि बनेर जाने हास्यास्पद परिपाटी छ ।

अहिंसा र शाकाहारी अन्योन्याश्रित छन र अहिलेको विस्वमा शाकाहारीको संख्या दिनानुदिन बढ्दो रुपमा छ । विस्व स्तरीय सेलिब्रिटी २६ बर्षीया अरियाना ग्राण्डे लगायत झन्डै ५० विस्व स्तरीय सेलिब्रिटीहरु शाकाहारी छन । १७ बर्षमा नै नोबेल शान्ति पुरस्कार प्राप्त गरेर रेकर्ड राख्ने मलालाको रेकर्ड तोड्ने संघारमा आएकी पर्यायवरण अभियन्ता स्विडेनकी १६ बर्षीया ग्रेटा थनबर्ग त झन शाकाहारी मात्रै नभएर भेगान हुन जस्को प्रेरणाका कारण यूरोपका हजारौं किशोर किशोरीहरु भेगान बनेका छन ।

वुद्ध शिक्षाको सबैभन्दा आधारभूत शिक्षा भनेको जीवनप्रतिको आदर हो जस्को अर्थ हुन्छ जीव हत्यालाई नकार्नु । यो मानिसको लागि मात्रै नभएर जीव भनिने सबैको सन्दर्भमा समान रुपमा लागु हुन्छ । बैज्ञानिक कालभार्टका अनुसार संपूर्ण विस्व शाकाहारी हुने हो भने ग्लोबल वार्मिङ समस्या धेरै हदसम्म न्यूनिकरण हुन सक्छ । शाकाहारीहरु स्वाभाबिक रुपमा शान्त स्वभावका हुन्छन तुलनात्मक रुपमा ।

अहिंसा दिवसको आधार र वुद्ध शिक्षाको आधारभूत कुरा उही भएकोले नेपालले विस्व शान्ति, ग्लोबल वार्मिङ न्यूनिकरण, मानब अधिकार प्रतिरक्षा जस्ता कुराहरुलाई जोडेर राष्ट्र संघ मार्फत विस्व स्तरीय समस्या समाधानमा पनि योगदान दिने र नेपालको पनि प्रबर्द्धन गर्ने काम गर्न सक्छ जस्मा नेपालको ध्यान नै गएको देखिन्न । यो काम नेपालले नगर्दा अरुले निकट भबिस्यमा नगर्ला भन्न सकिन्न । काम साँचे आफूलाई खाना साँचे अर्कालाई भनाइ भए तापनि यस्मा भने काम पनि खाना पनि अर्काको हुन सक्छ नेपालको ध्यान समयमा नै यसतर्फ नगएको खण्डमा ।

रामकुमार श्रेष्ठको फेसबुक