नेपाल आइडलका चर्चित पवन गिरीले दिए जन्मथलो दोलखामा कार्यक्रम

नेपाल आइडल २ का चर्चित गायक पवन गिरीले हिजो आफ्नै जन्मथलो दोलखामा सांगितिक कार्यक्रम गरेका छन । कार्यक्रममा संगीतकारद्धय बिशाल खड्का र चेतन सापकोटा पनि उपस्थित थिए ।

कार्यक्रम दोलखा डान्स क्र्युको आयोजनामा भएको थियो र कार्यक्रमको उद्धेस्य जिल्लामा भएका युवाहरुलाई एकताबद्ध गरी दसैंं मनाउनु रहेको थियो ।

कार्यक्रममा उल्लेख्य जनसहभागिता थियो भने आफ्नै जिल्लाको पवन गिरीलाई यसरी पाउँदा दोलखाबासीहरु खुशी देखिन्थे । पवनका बिभिन्न खालका गीतहरुसंगै उपस्थित जन समुदाय राम्रैसंग रमेका थिए ।