नम्रताको पन्च, मुस्कान र एक्सन एकै साथ ! नम्रताले आफ्नो आफैले गरिन तारिफ !

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनि नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् । नम्रताको पछिल्लो फिलिम जाइरा जसमा उनले निकै फरक शैलीमा प्रस्तुत भएकी छिन ।

बिशेष गरि जाइरा फिलिममा महिलाहरुलाई ब्यामसाला प्रति आकर्षण र स्वस्थ दुरुस्त रहन पर्ने प्रेरणादाइ कथा रहेको छ। पोखराको लेकसाइडमा रहेको ब्यामशाला नेपालको उद्घाटनमा उनले भनिन “जाइरा फिलिम गरिसके पछि ब्यामको महत्वो बुझे किनकि शारीरिक रूपमा स्वस्थ भैएन भने मानसिक रुपमा पनि हामी स्वस्थ हुदैनौ ” भन्दै बिशेष गरि पोखरेली दिदि बहिनिलाइ ब्यामसालामा आउनको लागि निमन्त्रण गरिन ।