वि.सं. २०७६ असोज ५ गते आईतबार आजको राशिफल : ज्यो.पं. – हरिप्रसाद भण्डारी

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५
आजको राशिफल वि.सं. २०७६ असोज ५ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २२ तारिख, – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५
आजको राशिफल वि.सं. २०७६ असोज ५ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २२ तारिख, भाद्र शुक्ल पक्ष अष्टमी तिथी दिउँसो २ बजेर ४० मिनेट सम्म त्यसपछि नवमी तिथी । मृगाशिरा नक्षत्र बिहान ०८ बजेर ११ मिनेट सम्म त्यसपछि आद्रा नक्षत्र। चन्द्रमा मिथुन राशिमा। व्याघात योग, तैतिल करण। सुर्याेदय बिहान ०५ः५२ र सुर्यास्त साँझ ०५ः५९ बजे हुनेछ। आज जन्म लिने वच्चाको राशि मिथुन हुनेछ । आजको चाडपर्र्व जितीया पर्व, गोरखकाली पुजा, सोह्रश्राद्ध अन्तर्गत अष्टमी र नवमी तिथि श्राद्ध रहेको छ।

आजका लागि शुभ समय लाभ वेला बिहान ०८ः४३ देखि १०ः१२ मिनेट सम्म, अमृत वेला बिहान १०ः१२ देखि ११ः४२ सम्म, शुभ वेला दिउँसो ०१ः१३ देखि ०२ः४४ सम्म रहेका छन। आजका लागि अशुभ समय काल वेला मध्यान्ह ११ः४३ देखि ०१ः१३ सम्म र रोग वेला दिउँसो ०२ः४३ देखि ०४ः१३ सम्म रहेका छन।

आज घिउ खाएर र भोली दुध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन। यात्रा सम्पन्न र सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । व्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । गृहिणीहरूले माइती पक्षबाट कुनै खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । बिद्यार्थका लागि आज पढाईमा उन्नति गर्ने समय छ ।
आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कार्यविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बन्धि समस्याहरू समाधान हुनेछन। काममा सफलता पाइने छ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने दिन छ । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गी साथीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्ति किन्ने योजना हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ । आज मुखमा सरस्वतीको वास छ, तपाईंको बोलीको कदर हुने दिन हो । मौखिक अभिव्यक्तिका माध्यमबाट विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गर्ने समय छ।
आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नुु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । आजबाट चन्द्रमाले तपाईंको आफ्नै राशिमा प्रवेश गरेको छ । मन फुरुङ्ग हुनेछ, धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको लगानी हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन। कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । बिद्यार्थीका लागि पनि आज शुभ रहेको छ।
आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंको पक्षमा छैन । ठूला आशा हरु त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । गर्नैपर्ने बाध्यताका खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । अनावश्यक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिताको स्वास्थ्यस्थिति र मानसिकतामा समेत असर पर्न सक्छ अथवा घरपरिवारका पाको मान्छेको स्वास्थ्य बिग्रने अवस्था छ । छात्रछात्रालाई गुरु वा अभिभावकका कुरा मन पर्दैनन ।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कुनै महत्वपूर्ण कार्य सिद्धि हुने दिन छ । खासगरी विपरीतलिङ्गी सँगीसाथी वा सहकर्मीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन। साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आफन्त वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन। ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । गृहस्थीजनले भाइबहिनी वा सन्ततिका माध्यमबाट खुसीको वातावरण पाउने छन। आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि ॐ शं शनिश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईलाई आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन । आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने दिन छ। कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर भावनात्मक र चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । आज प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले नमिठोपना हुन सक्छ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईका लागि भाग्य स्थानमा चन्द्रमाको गोचर हुनेछ। मातापिताका चाहना पूरा गर्न वा कुनै पारम्परिक कार्यसम्पादन गर्न आजको दिन अनुकूल छ । सामाजिक गतिविधिमा संलग्न हुँदा व्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । मान्यजन वा कुटुम्बसँगको सम्बन्ध सुमधुर बन्नेछ, घरमा पाहुनाको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व
आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईका लागि अष्टम भावमा चन्द्रमाको गोचर का कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । अभिभावक, मान्यजन वा ठूलाबडा व्यक्तिसँग वादविवाद पर्न सक्छ । शरीरको भित्री अङ्गमा स्वास्थ्यसम्बन्धी समस्या हुने देखिन्छ, त्यस्तै गुप्त र मानसिक समस्याले सताउन सक्छ । सानातिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । आन्तरिक समस्या बढ्नाले मानसिक तनाव उत्पन्न हुनसक्छ। समग्रमा तपाईका लागि आजको दिन कमजोर रहने देखिन्छ
आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलतका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज तपाईको मन उत्सुक र रोमान्टिक हुने समय छ । लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । प्रेमजीवन र प्रणयसुखका लागि अनुकूल समय रहने छ । जीवनसाथी सित सुमधुर सम्बन्ध हुनेछ, त्यसैले साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । हतारमा गरेको काम भए पनि सोच्दै नसोचेको उपलब्धी हासिल हुने समय छ । आज पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलतका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन तपाईका लागि मिश्रित रहने देखिन्छ। यद्यपि आजको दिन नराम्रो छैन, तर ईष्र्यालु समय छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन। कुनै झैझगडा, विवादमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने समय छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्ने सम्भावना छ, अतः खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । व्यापार व्यावसायमा मिश्रित दिन रहेको छ। आज तपाईका लागि शुभरङ्ग सेतो वा घुर्मैलो, शुभअङ्क ६, शुभदिशा दक्षिण आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धेरै दिनदेखि परसारेको कुनै महत्वपूर्ण घरायसी काममा बिहानको समय बिताउनु पर्ने दिन छ, तर काम सम्पन्न हुनाले यसबाट भविष्यमा राम्रो फाइदा पुग्नसक्छ । दिउँसोबाट दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा बृद्धि हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन। कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । गृहिणीहरूलाई भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । प्रेम र रोमान्सका लागिसमेत राम्रो समय छ । आज तपाईका लागि शुभ रंग शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलतका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज तपाईका लागि चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो देखिंदैन, तर देशपरदेशमा बसोबास गर्नेका लागि राम्रै समय छ । आज प्रायः तपाईले अनावश्यक दौडधुप गर्नु पर्ने समय छ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन। त्यसैले नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । घरखर्चको मात्रा बढ्न सक्छ । शरीरमा पनि फूर्ति र जाँगरको कमी देखिनेछ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ ।
आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।