चर्चित संचारकर्मी महिला अधिकारकर्मी अभियन्ता सरु सुनार सम्मानित

Spread the love

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन।
त्यस्तै उनि आज सैघाली मिडिया ग्रुप प्रा।लि।का कार्यक्रम संयोजक तथा अभियन्ता सरु सुनार सम्मानित भएकी छन् । दलित सेवा संघको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा हिजो राजधानीमा आयोजित एक भव्य समारोहमा सामाजिक विभेदका विरुद्ध सशक्त रुपमा संचार वकालत गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दोसल्ला ओढाएर उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।अभियन्ता सुनार लामा समयदेखि सामाजिक न्याय र समानताका लागि सशक्त रुपमा आवाज उठाउँदै आएकी छन् ।

उनको आवाजले आगामी दिनमा थप उचाइँ प्राप्त गरोस् स्कटनेपाल मिडिया हाउस प्रालीको तर्फबाट पनि हार्दिक शुभकामना छ।