सन्तोष सेनको प्रेम गीत ३ का लागी प्रदीप खड्काले यसरी सरीरदेखी बिभिन्न तयारी गरेका छन..

अहिले प्रदीप खड्का आफूलाई ‘स्टार’ बनाएको सिरिज ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको तयारीमा छन् । फिल्मको छायांकन तिहारपछी सुरु हुँदैछ । भने, आउँदो चैत २८ मा देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । यो फिल्ममा उनको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । यस फिल्मको निर्देशन सन्तोष सेन र छेतेन गुरुङले मिलेर गर्दैछन् ।
खस्किएको स्टारडमलाई ‘प्रेमगीत ३’ ले उत्कर्षमा पुर्‍याउने विश्वासमा आम् दर्शक संगै प्रदीप केही महिनायता बिभिन्न तयारी देखी सुगठीत सरिर बनाउन जिममा पसिना बगाइरहेका छन् । एकादेशको पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेका कारण उनी यो फिल्ममा एक्सन अवतारमा देखिँदैछन् । यसका लागि उनले अहिले हर्स राइडिङ, एक्सन ट्रेनिङ र शरीर आकर्षक बनाउन जिममा दैनिक घन्टौं समय बेथित गर्ने गरेका छन् । फिल्ममा उनले एक योद्धा राजकुमारको भूमिका निभाउँदैछन् ।

बेला बेला जिममा कसरत गरिरहेको केही तस्वीर आफ्नो आधिकारिक फेसबुक पेजमा साझेदार गरेपछि अहिले यी चकलेटी हिरो चर्चामा छन् । तस्वीरमा उनको गठिलो शरीर देख्न सकिन्छ । सानो कद् का प्रेम ‘प्रेमगीत ३’ का लागि आफ्नो शरीरलाई निकै बढाएका छन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । फिल्मकर्मी र दर्शकले उनले फिल्मका लागि गरेको मेहनतको निकै प्रशंसा गरेका छन् ।

उनको यो तस्वीरपछि फिल्मलाई लिएर दर्शकमा उत्सुकता पनि बढेको छ । प्रदीप ‘प्रेमगीत ३’ लाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा उनी चुलबुले र रुन्चे भूमिकामा देखिएका थिए । यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने उनको भनाई छ । फिल्ममा उनको बाल्यकालको भूमिका अनुभव रेग्मीले निभाउँदैछन् । भने, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ रहेका छन् ।