‘मेरो देशमा एउटा अर्को महा मानब पठाई देउ

Spread the love

संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक गरिएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ । ‘मेरो देशमा एउटा अर्को महा मानब पठाई देउ जस्तो भए नि हुन्छ मन शुद्द पठाई देउ मेरो देशमा एउटा अर्को बुद्द पठाई देउ’

यो गीतको शब्द संगीत र स्वर तिनै कुरा उत्कृस्ट बनेको छ । देशमा एउटा महा नायकको आबश्यकता छ। देशको बिकाश गर्न एउटा महान व्यक्तिको आबस्यकता महसुश गरेर यो गीत बनाईएको चेतन बताउछन् । २०६५ सालमा रेकर्ड गरेको गीत हालै मात्र यु ट्युबमा सार्बजनिक गरिएको हो । गंगाराम सापकोटाले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् बिनोद गुरुङले संगीत संयोजन गरेको गीतको भिडियो वि स्टार नेपाल नामक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो चेतन सापकोटाको निर्देशनमा बनेको हो ।