गलबन्दी गीतकि गायिका शान्ति श्री परियारले गाईन परदेशी रूहाउने दशैं तिहार गीत

नेपाली लोक दोहोरी क्षेत्रका एक प्रतिभासाली गायक राम कुमार पौडेलको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘घर सम्झी फर्क परदेशी’बजारमा आएको छ।गलबन्दी गीत गएपछि एकाएक चर्चामा आएकी चर्चित गायिका सान्ती श्री परियार र राम कुमार पौडेलले आवाज दिएको उक्त गीत यो बेला चर्चामा छ।

गीतमा लय भने राम कुमार पौडेलकै रहेको छ।बिन्दास खुट्टेको शब्द रहेको गीतको सहयोगीमा बिन्दास पनि रहेका छन।गीतलाई हाइलाइटस नेपाल को युटुब च्यानलले बजार ब्यबस्थापन गरेको छ।चर्चित मोडल बिनोद श्रेष्ठ र सबिना मोक्तानको अभिनय रहेको भिडियोको निर्देशन भने सागर गोलेले गरेका छन।बिजय लामाको छायांकन रहेको भिडियो सम्पादन भने सुजन साहीले गरेका छन।गीत दशैलाई लक्षित गरेर बजारमा ल्याइएको हो।हेरेर प्रतिक्रिया दिनुहोला :