प्रतिभासाली गायक भक्तराज भट्ट’डोटेली’को देउडा गीत बजारमा

पछिल्लो समय मौलिक गीतको त् लोपनै भएको महसुस गर्न सक्छौ तर यो खडेरी लागिरहेको मौलिक सृजनालाई संरक्षण गर्दै प्रतिभासाली गायक भक्तराज भट्ट डोटेलीको लोभलाग्दो उत्कृष्ट देउडा गीत’सैया सुनाकेसरी’बजारमा आएको छ।चर्चित गायिका बिष्णु माझी र भक्तराज भट्ट डोटेलीको सुमधुर आवाजमा सुसजित गीत यो बेला निकै चर्चामा छ।

झलक भट्टको शब्द र भक्त राज भट्ट’डोटेली’को लय सृजनामा सुसजित भाका यो समय चर्चामा छ।चर्चित मोडल जुना सुन्दास र सुन्दर सदाशंकरको उत्कृष्ट अभिनयमा तयार भएको भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।एल के प्रोडक्सन मार्फत बजारमा आएको गीतको भिडियो छायांकन भने राजेश घिमिरेले गरेका हुन्।भिडियो सम्पादन भने बिष्णु शर्माको रहेको छ।गीतको पुरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला :