कल्पना फाउन्डेसन द्वारा छात्रवृत्ति वितरण

नवलपुर।
कल्पना फाउन्डेसन नेपालले विजय निमावि गैडाकोट नवलपुर मा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरू लाई यस वर्ष पनि छात्रावृत्ति प्रदान गरेको छ । २०७ ५ जेष्ठ २४ गते विद्यालयमा एक विशेष समारोहको आयोजना गरी फाउन्डेसनले सो छात्रावृत्ति प्रदान गरेको हो ।

छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ७ मा अध्ययनरत छात्रा चिनिमाया खाम्चा र कक्षा ५ मा अध्ययनरत छात्र साजन पौडेल रहेका छन् । उनिहरु दुबै मजदुरी गरेर दैनिक छाक टार्ने परिवारका बालबालिकाहरु हुन, गरिब र विपन्न परिवारमा जन्मेर पनि अनुशासित यी छात्रा-छात्र पढाइमा भने अब्बल छन। छात्रवृत्ति प्राप्त गरेका ती विद्यार्थीहरू कक्षा प्रथम त हुन नै त्यसको साथै चिनिमाया विद्यालयको द्वितीय हुन भने साजन बिद्यालयको तृतीय भएका छन । अत्यन्त गरिब परिवारमा जन्मेका बिद्यार्थीहरु कोहि पनि पढाई बाट बन्चित हुन नपरोस् भनेर फाउन्डेसनले विगत पाचँ वर्षदेखि यसै गरी छत्रावृत्ति प्रदान गर्दै आई रहेको छ ।

छात्रवृत्ति बितरण समारोहलाई सम्बोधन गर्दै विद्यालयका शिक्षक रोशन मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो भने सस्थाको बारेमा पनि अबगत गराउनुभएको थियो प्रमुख अतिथि सिद्ध कुमार श्रेष्ठ जी नन्दन सामुदायिक वनका अधक्ष ओड़ा सदस्य समाजसेवी घनश्याम कंडेल जी लगायत मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा अतिथि ज्यूले कल्पना पौडेल “जिज्ञासु” जस्तो सहयोगी र समाजसेवी ब्याक्तित्व गैंडाकोटले पाउनु समग्र नगरको लागि खुसीको कुरा रहेको बताउदै आफु सो कार्य बाट उत्साही भएको र सम्पुर्ण उपस्थित जनसमुदायलाई यस प्रकार को सहयोग गरि समाजमा अनुकरणीय भुमिका खेल्न समेत उपस्थित सबैलाई आग्रह गर्नु भयो। ” कल्पना जि विदेशमा पसिना बगाउन गएर नेपालका दुखी, गरिब असहाय र समस्यामा परेका बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर एउटा कुशल अभिभावक बन्नको लागि तयार बन्दै गरिब तथा जेहेन्दार छात्रवृत्तिको यो सिलसिला सुरु गर्नु भएको छ” भन्दै धन्यबाद दिनुभएको थियो |

जनप्रतिनिधि र बिद्यालयको अध्यक्षको हैसियतले बोल्दै प्रधानाध्यापक तिलक पराजुलीले आफ्नो मन्तव्य राख्ने क्रममा कल्पना फाउन्डेसन बारे प्रष्ट पार्दै भन्नू भयो कल्पना फाउन्डेसनले २०७२ सालमा पहिलो छात्रवृत्ति दिदा यो समझदारी भएको थियो कि “बिद्यालयका गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरूलाई विद्यालय स्तरको अध्ययन अवधिभरि कापी, कलम, ड्रेस आदिमा लाग्ने सम्पूर्ण खर्च यही छात्रवृत्तिको रकमबाट प्रदान गरिने छ।” साथै उहाँले यति राम्रो काम को सुरुवात गर्ने कल्पनाजी को अभियानमा सबैले सहयोग गर्नु पर्ने छ, यो महान कार्यलाई बिद्यालय परिवार र सम्पुर्ण अभिभावकले महत्त्वपूर्ण ढंगले हेरिएको र उहाँ लाई सम्मानित ब्याक्तित्व रुपामा बिधालय परिवारको जिम्मेवार सदस्यको रुपमा राखिएको समेत बताउनु भयो । उहाँले थप्नु भो ” धेरैले आफ्नै सन्तानका बारेमा मात्र सोच्दछन्, उनीहरूको खुशीका निम्ति मात्र कमाउँछन् । तर कल्पनाजीले समाजका असहाय बालबालिकाका निम्ति यति राम्रो अभियान सुरु गर्नु भयो । उहाँको यो कार्यबाट अरूले पनि पाठ सिक्नु जरुरी छ ।”उहाँलाइ विशेष धन्यबाद दिन चाहन्छु |

फाउन्डेसनले प्रदान गरेको छात्रवृत्तिको यो रकम छात्रवृत्ति प्राप्त गर्ने दुई विद्यार्थीका नाममा छुट्टा छुट्टै खाता खोली सहकारी संस्थामा राखिएको छ । विद्यालयका एक शिक्षकको संरक्षकत्वमा किसान वचत तथा ऋण सहकारी संस्थामा दुवै बालकको नाममा खाता खोली सो रकम राखिएको बिद्यालय का एक शिक्षक ले बताए ।

संस्थाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” रोजगारीका सिलसिलामा लामो समय इजरायलमा कार्यरत रही अहिले स्वदेश फर्किनु भएको छ । कल्पना फाउन्डेसनलाई बैधानिक रुपमा दर्ता गरि विभिन्न सामाजिक कार्यहरू मा सहयोगी भुमिका खेल्नुको साथै महिला, बालबालिका र अशक्त असहाय मानव केन्द्रित कार्यहरूको लागि बृहत् उदेश्य राखेर समाजमा विशेष सहयोगी भुमिका खेल्ने उदेश्यले संस्था दर्ता गरिएको उक्त संस्थाका महासचिव मान थापा “बुलन्द ” ले बताउनु भएको छ।

उक्त समारोहमा नेपाल सरकार बाट प्राप्त दलित छात्रा छात्र तथा १००% महिला छात्रवृत्ति र कल्पना फाउन्डेसन नेपाल बाट प्राप्त रकम समाजसेवी सिद्ध कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा विद्यालय व्यवस्थापन समितिका अधक्षको अधक्षतामा वितरण गरिएको थियो साथै शिक्षिका तारा रिजाल लाई बिदाइ तथा सम्मान गरिएको थियो समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो |