गलबन्दी गीत पछिकै फेरी दोहोरीमा तहल्का पिट्ने सुर्य खड्काले गाएको यस्तो नया गीत बजारमा

दबङ आशिष:- हातमा बिजयीको रेखा बोकेर निस्संदेह प्रतिभाको बिम्ब खडा गर्दै हजारौंको मनमस्तिष्कमा डेरा जमाएका होनहार ब्याक्तित्व भएका सरल र अनुसाशित चर्चित गायक सुर्य खड्काको स्वर/संगितमा भर्खरै मात्र “रुम्ला धर्केर” बोलको बिल्कुलै नयाँ र पृथक गित सार्वजनिक भएको छ।हरेक धारको गित गाउन र संगित गर्न पोक्त उनको क्षमता साधारण भने पक्कै छैन।प्रदेशीभुमिमा रुमालिएका लाखौं नेपालीहरुको यथार्थलाई जस्ताको त्यस्तै गितमा उतारेर गाउन सक्ने उनको खुबीले लाखौं दर्सकश्रोताको मन पनि जितेका छन्।अझ भनौं सिर्जनसिल र सुमधुर उनका आवाजका पारखीहरु औला भाचेर गन्न भ्याईदैन।लोक संगितमै निरन्तर अगाडि बढिरहेका उनका पाईलाहरुको छाप पछ्याउनेहरु पनि उत्तिकै छन्।

गितको बिसयमा बोल्नु पर्दा गितले प्रदेशिको प्रेम कथालाई समेटेको पाईएको छ।गायक त यसै प्रतिभावान छदैछ्न गायिका पनि उत्तिकै होनहार र मीठो आवाजले भरिएकी छिन्। पछिल्लो समयलाई नियाल्ने हो भने उनका आवाजका गितहरु धेरै सुनिने गरिन्छ उनै चर्चित गायिका सीता श्रेष्ठले खड्काको स्वरमा स्वर मिलाएकी छिन् भने eनेपालखबर अन्लाईन पत्रीकाका संबाददाता दबङ आशिषको उत्कृष्ट ह्र्दयवर्धक सब्दहरु रहेका छन्।

बरिस्ठ निर्देशक दुर्गा पौडेलको निर्देशन रहेको “रुम्ला धर्केर” मा सुर्य खड्का, सुमिना पनेरु र महेन्द्र न्यौपानेको मुख्य अभिनय रहेको छ।उक्त गितलाई खड्काले आफ्नै युटुब च्यानल द्वारा सार्बजनिक गरेका छन् भने दृश्य निर्माणमा एड्भेन्चर ईन्टरटेण्टमेन्टले सघाएको छ।सहयोगी हातहरुमा निर्माता राजन क्षेत्री, असोक सुबेदि र महेन्द्र न्यौपाने,ईस्वरी कड्डेल नाम समाबेश रहेको छ।गितलाई चौतर्फी सफलता मिल्ने र पहिलेका गित जस्तै आमदर्सकले रुचाउनेमा बिस्वस्त छन खड्का।

बाकी भिडियो बाटै हेर्नुहोस्:-