“भाइरल भैदियो” पछि मानस राजको “हिरो” सार्वजनिक (भिडियो)

Spread the love

करिव दुई वर्षअघि गायक मानस राजले “भाइरल भैदियो” नामक सांगितिक भिडियो सार्वजनिक गरे । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोडको हाराहारीमा हेरिएको छ ।

फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नाम जस्तै भाईरल बन्न पुग्यो । भिडियामा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्कीसम्मको आकर्षक नृत्यले दर्शकलाई राम्रैसंग लोभ्यायो ।

पृथक आकर्षक शैलीको पहिलो गीतबाट नै सांगीतिक क्षेत्रमा स्थापित हुन सफल भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको सांगितिक  म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । “हिरो” शीर्षकको उक्त गीतमा शब्द गायक मानस राजकै छन भने संगीत तथा स्वर पनि आफ्नै छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् ।

यसपटक पनि गायक मानस राजले डान्सिङ बिटमै आधारित गीत तयार पारेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले नै नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।‘यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ’ – गायक मानस राज भन्छन । गीत तथा भिडियोले पहिला जस्तै अहिले पनि दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज विस्वस्त छन ।

हालै मात्रै उन्ले Best pop singer in Industrial Peace Music Award 2076 अवार्ड प्राप्त गरेका थिए ।