विप्लवका छोरा प्रकाश पक्राउ पर्नु अगाडिको भिडियो बाहिरियो: यी व्यक्तिहरुलाई जेल हाल्नुपर्छ भन्दै मिडियामा उफ्रिएका रहेछन(हेर्नुहोस)

चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ पर्नु अगाडिको भिडियो बाहिरिएको छ। विप्लबका छोरा आज पक्राउ परेका हुन्। उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् ।

सो क्रममा अन्य दुईजना भिडियो खिच्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।

यो पनि पढ्नुहोस : देश अध्यक्ष दाहाललाई पितृशोक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाललाई पि तृशोक परेको छ । उहाँका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको गएराति आफ्नै निवासमा निधन भएको हो ।

भरतपुर महानगरपालिका–७ स्थित गौतमचोकमा उहाँको निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ठूलोबुबासमेत रहनुभएका दाहाल चितवनमा कास्कीबाट विसं २०१९ मा बसाइँ सरेर आउनुभएको थियो । दाहाल विसं २०३६ देखि भूमिगतरूपमा किसान सङ्गठनका नेताको भूमिका निभाउँदै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

नेकपाका प्रदेश अध्यक्ष दाहालसहित उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाका अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रम रहेको छ । उहाँको आजै देवघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।