Saturday, Dec 07 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२१-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

आजको राशिफल वि.सं. २०७६ भदौ २५ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ११ तारिख

ScotNepal September 11, 2019

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ दैनिक राशिफल
वि.सं. २०७६ भदौ २५ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ११ तारिख, भाद्र शुक्ल पक्ष त्रयोदशी तिथी। श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा, अतिगण्ड योग, बणीज करण। सुर्याेदय बिहान ०५ः४७ र सुर्यास्त साँझ ०६ः१२ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि मकर हुन्छ। आजको चाडपर्र्व प्रदोष व्रत र भोली अनन्तचतुर्दशी रहेको छ। आजका लागि शुभ समय अमृत वेला बिहान ०५ः५५ देखि ०७ः१२ मिनेट सम्म, लाभ वेला बिहान ०७ः१३ देखि ०८ः४२ सम्म, शुभ वेला बिहान १०ः१२ देखि ११ः४२ सम्म रहेका छन।

आजका लाग अशुभ समय काल वेला बिहान ०८ः४३ देखि १०ः१३ सम्म र रोग वेला दिउँसो ११ः४३ देखि ०१ः१३ सम्म रहेका छन। आज धनीया मुखमा राखेर र भोली दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धैर्य गरी परिश्रम गर्ने समय छ । व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ ।आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः २३ पटक जप गर्नु उत्तम हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज सार्वजनिक हीतका लागि गरिएको कामबाट सम्मान पाउन सकिनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने अवस्था आउनेछ। मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । रोकिएका काम सम्पन्न गर्न मद्दत पाइने छ । विद्यार्थीको पढाईमा प्रगति हुने दिन छ। आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलतका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तुलनात्मक रुपमा चुनौतीपूर्ण दिन भएपनि उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ। आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलतका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईको दिनको सुरुवातमा मन प्रफुल्ल रहने र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट सहयोग प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले प्रशंसा र पुरस्कार पाउने योग छ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । घरायसी प्रयोजनका र भोगविलास का लागि सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –तपाईका लागि आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद एवं दैनिक काममा चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ। व्यापार व्यावसाय एवं उद्योगधन्दामा फाइदा छ । आज लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ। मनमा हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । तपाइलाई पाचनप्रणाली र नसा सम्बन्धि रोग छ भने अलि बढि पिरोल्न सक्नेछ। साँझ तिरको समय रमाईले हुनेछ । विद्यार्थीको पढाईमा बढि मेहेनत गर्नु पर्ने दिन छ। आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आज तपाईको शैक्षिक एवं चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ। बिशेष गरि विद्यार्थीले आज ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । आज तपाईले बालबच्चका समस्यामा केन्द्रित हुनुपर्ने दिन छ, तिनीहरूको शैक्षिक र बौद्धिक बिकासका लागि लगानी बढाउने समय आएको छ । व्यवसायमा मिहिनेत गरेबमोजिम लाभ मिल्नेछ। तर सँगीसाथीबाट सोचे जस्तो सहयोग प्राप्त नहुने देखिन्छ। आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज गरिएको काममा केहि ढिलो गरी भएपनि सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । खानपिनमा सचेतता अपनाउनुहोला। आज घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण सकारात्मक बन्दै जानेछ । अचानक आम्दानी हुने योग छ । साँझ खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च बढ्न सक्छ । आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज तपाईका लागि मिश्रित दिन रहेको छ। व्यापारिक र दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिताको स्वास्थ्य समस्या देखिन सक्छ। आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिमआज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज तपाईका लागि मध्यम दिन रहेको छ। वित्तीय क्षेत्र र व्यापारिक लगानीका दृष्टिकोण बाट राम्रो समय छ। कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । कतिपय क्षेत्रमा व्यवहारिक कठिनाइको सामना गर्नु पर्ने हुन सक्छ। त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । बोलीमा खासै प्रभाव रहने छैन । आज तपाईंको भावनाको कदर नहुन सक्छ, भने अरुले गरेभनेका कुरामा पनि चित्त नबुझ्न सक्छ। आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –मध्यम खाले समय छ । आज मन दोधार बन्न सक्छ। स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्ने अवस्था देखिंदैन। जेगरे पनि आफ्नै बलबुँतामा गर्नु पर्ने देखिन्छ। सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्ष सामान्य रहनेछ। प्रेम तथा पारिवारिक जिवनमा विवाद पर्न सक्छ आफूलाई अनुशासित र संयम बनाउनु उत्तम हुनेछ। आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ हं हनुमते नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आज तपाईका लागि चन्द्रमाको गोचर व्यय भावमा हुनेछ। व्यापार व्यावसायमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । आज , जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । नसोचेको जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपाईंको प्रशंसा गर्नेछन् । आज तपाईका लागि शुभरङ्ग सेतो वा बैैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज राजनैतिक र सामाजिक क्षेत्रबाट फाईदा लिन सक्ने दिन छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट सिर्जनात्मक एवं कलात्मक कार्यमा सक्रियता बढ्ने छ । आज भोगविलास एवं मनोरञ्जनम मन केन्द्रित हुन सक्नेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

3 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

3 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

2 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

16 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

4 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

9 मिनेट अगाडि

भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै

1 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

3 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

3 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

2 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

16 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

4 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

9 मिनेट अगाडि

भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै

1 घण्टा अगाडि

भाइरल जोडीले खेले रमाइलो म्युजिक भिडियो

3 घण्टा अगाडि

हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा

3 घण्टा अगाडि

हेर्नुस भाइरल जोडीको घर अचानक रंगीचंगी

2 घण्टा अगाडि

पोखरा रंगशालामा दर्शकमाथी प्रहरीको लाठीचार्ज, टिकट

1 घण्टा अगाडि

चर्चित महिला रेस्लर अस्मिता जुरेली अभिनित

16 मिनेट अगाडि

सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो,

4 मिनेट अगाडि

राजनैतिक आचरण र बिकाश

9 मिनेट अगाडि

भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै

1 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • कुन राशिको लागि आज कति शुभ ? मंसिर २१ गतेको...

  • पाथिभरा माताले सबैको कल्याण गरुँन ! मंसिर २० गते शुक्रबार...

  • तपाईको भाग्य बि.सं. २०७६ साल मंसिर १९ गते बिहीबार

  • यस्तो छ तपाईको भाग्य हेर्नुहोस् आज मंसिर १८ गते बुधबार...

  • आजको राशिफल बि.सं. २०७६ साल मंसिर १७ गते मंगलबार

  • आज मंसिर १६ गतेको राशिफल : पाथिभरा माताले सबैको कल्याण...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled