आजको राशिफल वि.सं. २०७६ भदौ २४ गते मंगलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १० तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५

वि.सं. २०७६ भदौ २४ गते मंगलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १० तारिख, भाद्र शुक्ल पक्ष द्धादशी तिथी। उत्तरषाढा नक्षत्र, चन्द्रमा मकर राशिमा, शोभन योग, बणिज करण। सुर्याेदय बिहान ०५:४७ र सुर्यास्त साँझ ०६:१३ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि मकर हुन्छ। आजको चाडपर्र्व वामन द्धादशी र ईन्द्रध्वजोत्थान । भोली प्रदोष व्रत रहेको छ। आजका लागि शुभ समय – लाभ वेला बिहान १०:१३ देखि ११:४३ मिनेट सम्म, अमृत वेला बिहान ११:४४ देखि ०१:१२ सम्म, शुभ वेला दिउँसो ०२:४३ देखि ०४ :१२ सम्म रहेका छन।

आजका लाग अशुभ समय – रोग वेला बिहान ०५:५७ देखि ०७:१३ सम्म र रोग वेला दिउँसो ०१:१३ देखि ०२:४३ सम्म रहेका छन। आज सखर वा गँड खाएर र भोली धनीय मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाईका लागि सफल दिन रहनेछ। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । सहयोगीहरूले काममा सहयोग गर्नेछन । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन । काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –भाग्यमा स्थानमा बलियो चन्द्रमाको उपस्थिति हुनाले तपाईका लागि आज राम्रो दिन छ। योजना बनाएका काम सजिलै सम्पन्न हुनेछन् । प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकार जस्ता क्रियाकलापमा समय बित्नेछ । धार्मीक तथा तीर्थस्थलको अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धेरैले तपाईको तारिफ गर्नेछन् । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ। आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ नमो भगवते वासुदेवाय मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज केहि चुनौतीपूर्ण काम भएपनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सङ्कटाभगवत्यैै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईको आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ सामान प्राप्तिको योग छ । आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज तपाईको भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । पिताको सहयोग बाट लाभ उठाउन सकिने छ । पशुपंछी र जमिन सम्बन्धि कारोबार बाट पनि फाइदा हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा राम्रो फाईदा हुनेछ । तपाईको श्रमको उचित मूल्यांङ्कन हुनेछ । कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । आज तपाईका लागि शुभरङ्ग छिर्के्मिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाईका लागि सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । सँगीसाथीको सहयोग र सद्भाव प्राप्त नहुनाले निराशा बढ्न सक्छ । कडा मिहिनेत र परिश्रमका बाबजुद प्रतिफल सोचेजस्तो नहुनसक्छ । धेरै आशावादी हुनु हुँदैन । परिवार तथा प्रेमीको सहयोग बाट आईपरेका समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । चुनौतीपूर्ण काम गर्ने र प्रतिष्ठा कमाउने बेला छ । आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापार बाट मुनाफा आर्जन हुनेछ। आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज तपाईका लागि चतुर्थ भावमा चन्द्रमाको गोचर हुनेछ। बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ। बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने लाभ लिने अवसर छ । आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सों सोमाय नम, मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज सामाजिक र परोपकारी कामबाट दाम र प्रतिष्ठा आर्जन गर्न सकिने दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । परिवारको ईच्छा र आकांक्षा पुरा गर्न तर्फ लागिने छ। आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलतका लागि श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज तपाईका लागि धनभावमा चन्द्रमा को गोचर रहनेछ। व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ । अनुभवीको सल्लाह लिएर दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । आफ्ना आफन्त सँगको सम्बन्धमा चिसोपन आउन सक्छ । आज तपाईका लाग शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज तपाईका लागि मिश्रित प्रभाव भएको दिन छ । शत्रुहरूको चलखेल बढ्न सक्छ । प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै खट्नु पर्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइनेछ, तर जान्नेबुझ्नेको राय लिनु राम्रो हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । गरेका काममा ढिलासुस्ती हुने योग छ । श्रमको प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्छ । बिद्यार्थीले पढाई लेखाईमा समय दिन सकिंदैन । घरायसी कामका लागि खर्चमा बृद्धि हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज तपाईका लागि बाह्रौं भावमा चन्द्रमाको गोचर हुनेछ। बैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । कुनै उपाहार आउन सक्नेछ। काम गर्दा हरदम सचेत र सतर्क रहनु पर्छ, अन्यथा हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आज तपाइका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज तपाईका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पन्न हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । धार्मीक सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । धेरैले तपाईको कार्यको तारिफ गर्नेछन् । प्रतिष्ठा कमाउने बेला छ । घरपरिवारमा भने केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । माताको सहयोग बाट लाभ उठाउन सकिने छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नमः शिवाय मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।