गोपीनीहरुको बबाल चर्तिकला, रुरुमा हुदै छ नेपाल कै ठुलो महायज्ञ (भिडियो सहित)

गुल्मीको रिडिमा यहि भाद्र २८ गतेदेखि सन्चालन हुने महायज्ञको पुर्वसन्ध्यामा शनिबार बृहत मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्बोधन गर्दै यस्ता किसिमका धार्मीक क्रियाकलापले जिल्लाको पहिचानमा थप टेवा पुग्ने बताउनुभयो । रिडिका वरिष्ठ दानवीर पशुपती प्रसाद अमात्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख वाचक बाल योगेश्वर माहाराजले यज्ञ सम्पन्न गर्न सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । यो महायज्ञ नेपालमा पहिलो भएको र सबैले थाहा पाउन पर्नेमा उहाँको जोड थियो ।

१५० भन्दा बढि मोटरसाइकल, बाजागाजा, भजन कृतन, झाँकीसहित आठ वटा ठुला सवारी साधनमा भक्तहरुको उल्लेखनीय सहभागीता रहेको थियो । महायज्ञमा झन्डै १० लाख भक्तजन आउने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै विव विख्यात बाल योगेश्वर महाराजले टाढाका तिर्थ यात्रीहरुलाइ यातायात, भोजन र आवासको व्यवस्था गरिने जानकारी गराउनु भएको छ । कार्यक्रमको भाद्र २८ गतेका दिन हेलिकप्टरबाट पुष्पवृष्टी गरी उद्घाटन गरिने छ ।  भिडियो हेर्नुहोस कृपया यो भिडियोलाई सेयर गर्न पनि नभुल्नु होला ।