राजा महाराजा भन्दा पनि निरंकुश केपी ओलीले देशै ‘हाईज्याक’ गरे | न्यायलय नै संकटमा – अधिवक्ता त्रिपाठी (भिडियो अन्तरवार्ता)

काठमाडौं– राजनीतिक विश्लेषक तथा वरिष्ठ कानुनविद् दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले देशलाई नै ‘हाईज्याक’ गरेको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभिसँग कुरा गर्दै अधिवक्ता त्रिपाठीले वर्तमान सरकारले जनताको पक्षमा सिन्को समेत नभाँचेको बताएका हुन् । उनले प्रधानमन्त्री ओली र वर्तमान सरकार भ्रष्ट र माफियाहरुहको घेराबन्दीमा परेको आरोप लगाए । उनले सरकार र प्रधानमन्त्री ओलीकै कारण मूलुक ‘फेलियर’ भैसकेको दावी समेत गरे । अधिवक्ता त्रिपाठीले सत्तारुढ दल नेकपाले बिरामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाएर थप दुःख दिएको बताए ।

उनले प्रश्न गरे के नेकपामा प्रधानमन्त्री बन्न अरु योग्य पात्र कोही छैनन् र ? उनले २४ घण्टा मूलुकको लागि खट्नुपर्ने देशको प्रधानमन्त्री स्वस्थ हुनुपर्ने भन्दै प्रधानमन्त्री ओली स्वास्थ्यकै कारण देशको लागि खट्न नसक्ने प्रष्ट पारे । उनले प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गरेकोमा समेत आपत्ति जनाए । अधिवक्ता त्रिपाठीले अमेरिकामा हिलारी किलिन्टनको उदाहरण दिदैँ नेपालका महत्वपूर्ण सूचना लिक हुनसक्ने चिन्ता समेत व्यक्त गरे । ‘वेल सेक्योर्ड’ को अभावमा नेपालका महत्वपूर्ण सूचना लिक हुने सम्भावना भएकाले सरकारले राष्ट्रका लागि गलत गरेको आरोप लगाए ।

उनले सञ्चारमन्त्रीले संसदमा प्रधानमन्त्रीलाई नै झटो सावित गरेकाले प्रधानमन्त्रीसँग तत्काल सञ्चारमन्त्रीलाई बर्खास्त गर्न समेत माग गरे । उनले वर्तमान सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई हिटलरका सञ्चारमन्त्री गोयवल्ससँग तुलना गरेका थिए । अधिवक्ता त्रिपाठीले पछिल्लो समय सर्वोच्च अदालतले गरेको एनसेलको कर प्रकरणमा समेत आपत्ति जनाए । उनले अदालत पनि कहि कतैबाट प्रभावित त भएको होईन भनेर प्रश्न समेत गरे ।
भिडियो