अमेरिकाको ईलिनोइस् राज्यमा नेपाली विद्यार्थी समाज द्वारा साधारण सभा तथा स्वागत कार्यक्रम सम्पन्न

Spread the love

संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेल स्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाली विद्यार्थी समाज (२०१८/२०१९) का अध्यक्ष संजिव रेग्मीको नेतृत्वमा भएको थियो ।

यस विश्वविद्यालयको सेन्टर फर ईन्टरनेशनल एजुकेशनकाका डाइरेक्टर डा. एन्ड्रु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका एडभाईजर डा. इलेन कोन्राडको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आगामी वर्ष (२०१९/२०२०) को नयाँ वोर्ड सदस्यको लागि निर्वाचन पनि यसै कार्यक्रम मार्फत गरेको छ। रसाएन शास्त्रमा विद्यावारिधी गरिरहेका कृष्ण पाण्डे आगामी वोर्डको अध्यक्षमा निर्वाचित भएका छन् भने वोर्डको उपाध्यक्षमा प्रविन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तन्डुकार, सोसल चेयर बिदुर भुर्तेल र सदस्यहरु प्रशान्त बराल, ईकबाल रइन र राजु झा निर्वाचित भएका छन् ।

यसै वर्ष मात्र यस विश्वविद्यालयमा विभिन्न संकायमा गरि २२ जना नयाँ नेपाली विद्यार्थीहरु स्नातक, स्नाकोत्तर र विद्यावारिधीको लागि भर्ना भएका छन् । नेपाली विद्यर्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीहरुको स्वागत, तिज दशैँ तिहार होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरु मनाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।