अकला देवी मन्दिरमा ऋषिपंचमी अर्थात् मंगल चौथीको पुजा गरिने ॐ लेखी एक सेयर गर्नुहोस् तपाईंको मनोकामना पूरा हुनेछ

रामभक्त घिमिरे,

तनहुँको म्याग्दे गाउँपालिका-३ किलचोक स्थित अकलादेवी मन्दिरमा देवी प्रति मानिसको आस्था, भरोसा विश्वास बढ्दै गएको छ स्थानीयवासीले यति बेला राजनीतिक, सामाजिक बिकाश निर्माण लगायत हरेक काम मन्दिरको प्राङ्गणमा गर्ने गर्दछन । यस मन्दिरमा पुग्ने जो कोहि दैवीशक्तिको प्रत्यक्ष अनुभूति गर्न पाइने दाबी समेत गर्छन । दैवीशक्ति, आस्था अनि विश्वासको धरोहर यस मन्दिरको महिमालाई थप प्रचार प्रसार र प्रवर्द्धन गर्न यस पालिको महिला हरुको महान चाड ऋषिपंचमीको दिन बैदिक बिधि बाट पुजा गरिने भएको छ।

सास्कृत मा बि का गुरु धनन्जय भण्डारी बाट २०७६ भाद्र १७ गते बिहान ८: ३० बजे शुरु भइ ११:३० बजे अन्त हुने जानकारी मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष राधिका पन्थ(माता) बताउनु हुन्छ । यसै गरी अकलादेवी मन्दिर व्यवस्थापन सामितिका अध्यक्ष मिनबहादुर बराई मगरले भन्नु हुन्छ मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन,पत्रकार हालसालै मात्र बिपी स्मृति दिवस र पुस्पलाल स्मृति दिवसमा वृक्षा रोपण कार्यक्रममा धेरै नेता तथा कार्यकर्ता समेत चकित परेका छन् बराई मगर बताउनुहुन्छ।

अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको पूर्व अध्यक्ष प. पशुपतिनाथ घिमिरे बताउनु हुन्छ शुरुमा प.गंगाधर र मलाई घन्टी हल्लिंछ भन्दा केहि मानिसहरु बेकुप बनाउथे अहिले हल्लिदैन भन्दा बेकुप हुन्छन “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उहाले भन्नुभयो “यो दैवीशक्तिको चमत्कार हो ।” यो चमत्कार हेर्न पंचमीको दिन सबै धर्म प्रति आस्थावान सबै पुजा गर्न आउनका लागि आव्हान गर्छिन अकला टोल बिकासकी अध्यक्ष जानुका शारु मगर म आफैले पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको बताउछिन।

जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण शुरु भएको छ। अब बन्ने मन्दिर चित्र मा देखिएको जस्तै कलात्मक हुने यसको उचाइ ३० फिट भन्दा बढी हुने टुडाल हरु बनिसके पछी निकै आकर्सक देखिन्छ निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पुनःनिर्माण सम्पन्न भएपछि वार्षिक रु १० लाख पहिलो वर्ष र दोस्रो वर्ष देखि २० ,२५ लाख आम्दानी हुने अनुमानगर्नु भएको छ। अकला देवी मन्दिर,होमन कुण्ड, शिवालयको मन्दिर तामाको छाना बाट बन्ने भएको छ, तामाको छाना छाउनको लागि नारीको महान चाहाडकै दिनदेखि घरमा भएको पुराना एक दुईकिलो तामा संकलन गर्न लागेको छ यदि पुजा गर्न आउदा एक दुई किलो मात्र हो भने आफै लेराउनको लागि आवान् गर्दछन घिमिरेले बढी भएको भए घरमै लिन आउने मन्दिर निर्माण संयोजक बताउनुहुन्छ।

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्दा घण्ट आफै हल्लिनु