साप्ताहिक राशिफल बि.सं. भाद्र १५ देखि २१ गते सम्म (सन् २०१९ सेप्टेम्बर ०१ देखि ०७ सम्म)

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५ साप्ताहिक राशिफल

साप्ताहिक राशिफल बि.सं. भाद्र १५ देखि २१ गते सम्म (सन् २०१९ सेप्टेम्बर ०१ देखि ०७ सम्म)
सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
भाद्र १५ गते – तिजको दरखाने दिन, त्रिपुष्कर मध्यान्न ११ बजेर २८ मिनेट सम्म । भाद्र १६ गते – श्रीहरितालिका तिज व्रत, गणेशचतुर्थी व्रत रहेको छ।
भाद्र १७ गते – मंगलचौथी व्रत, ऋषिपञ्चमी व्रत, सप्तर्षिपुजा, धर्मविनायक, राष्ट्रिय रथयात्रा – कोखजाविय) भाद्र १८ गते – सूर्य षष्ठि रहेको छ।
भाद्र १९ गते – बच्चाको अन्नप्राशन – पास्नी) का लागि मुहूर्त र भक्तपुरमा मंगलकुण्ड मेला।
भाद्र २० गते – अष्टमी व्रत, गोरखकाली पुजा, कायअष्टमी, कागेश्वर मेला, महाँलक्ष्मी व्रतारम्भ, राधाजीको जन्मोत्सव, थकाली फालो पर्व।
भाद्र २१ गते – अदुःख नवमी व्रत।
यो साता ग्रह गोचरको अवस्था
यो साता विशेष गरि चन्द्रमा ले १५ र १६ गते कन्या राशि, १७ र १८ गते तुला राशि, १९ र २० गते बृश्चिक राशि र २१ गते बिहान १० बजेर ०९ मिनेट पछि धनु राशिको गोचर गर्ने छन ।

मेष राशि – मेष राशिका लागि साता शुभ रहेको छ । ब्यापार व्यावसायमा सफलता मिल्नेछ । शत्रु पराजित हुनेछन। स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। रमाइलो भेटघाट कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुनेछ साता रहेको छ । यो साता प्रेमसम्बन्ध पनि सुमधुर रहनेछ । साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ ।विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । विहिबार र शुक्रबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । साताका यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गङ गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

वृष राशि – वृष राशिका लागि यो साता शुभ रहेको छ । आफ्ना बालबच्चा बाट सुख र सन्तुष्टि प्राप्त हुनेछ। यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । परिवार मा मेल मिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईलेखाईमा महत्वपुर्ण सुधार हुने देखिन्छ । शनिबार अनावश्यक विषयमा विवाद पर्न सकिनेछ । संयम रहनु उत्तम हुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको आराधना गर्नू शुभ हुनेछ ।

मिथुन – साताको शुरुमा बिहान सम्म चतुर्थ भावमा को गोचर रहनाले आफ्ना आफन्त बाट धोका हुने एवं स्वास्थ्य कमजोर हुन सक्नेछ । सोमबार देखि भने सकारात्मक समय रहनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । समाजमा तपाँईको छुट्टै पहिचान कायम हुनेछ अध्ययन अध्यापन कार्य सफल रहनेछ । बिद्यार्थीले सोचे अनुरुप नै प्रगति गर्ने योग छ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ। तपाईको सुखदुःखमा प्रेमीको साथ रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरु र अन्त्यका दिनहरु सकारात्मक भएपनि साताको मध्य भागका दिन हरु कमजोर रहने देखिन्छन । यो साता विशेष गरि आर्थीक अवस्था कमजोर रहने देखिन्छ । व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल नआउन सक्छ । प्रेम तथा पारिवारिक जिवन भने सकारात्मक रहनेछ । अप्ठ्यारो परिस्थितिमा साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधाहरु आउन सक्नेछन । सचेत हुनु आवश्यक छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ बृम बृहस्पतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

सिंह राशि– सिंह राशिका लागि यो साता मिश्रित रहनेछ। कार्यमा आँट साहस तथा पराक्रम बढ्नेछ । नयाँ बाहन तथा सवारी साधन जोड्ने योग छ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । खर्चको मात्रा बढ्न सक्नेछ। प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा एवं परिवार सँग रमाईलो यात्रामा जानु उत्तम हुनेछ । बुधबार र विहिबार अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्न सक्ने देखिन्छ । विद्यार्थीको पढाई मा उतारचढाव आउन सक्नेछ । सचेत भएर अध्ययन मा ध्यान दिनुुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सुर्यको पुजा आराधना गर्नु उत्तम हुनेछ।

कन्या राशि – साताको शुरुमा शिर मा चन्द्रमाको प्रभाव रहने हुनाले आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । यो साता घर जग्गा तथा हार्डवेयर सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुनाले विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ कुल देवताय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

तुला राशि – यो साता शुभ रहेको छ । आईतबार बिहान देखि शिरमा चन्द्रमाको गोचर रहने हुनाले । मनमा जोश जाँगर र उत्साह बलियो हुनेछ। साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यावसाय मा पनि मिश्रित अवस्था रहनेछ । तर समग्रमा फाइदा जनक नै हुनेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो जिवन साथि सँग देखिएका सामान्य मनमुटावहरु छिटै समाधान हुनेछन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर लाभ स्थानमा हुनाले आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । सोमबार र मंगलबार भने खर्च बढ्ने एवं कुनै मालसामान हराउन सक्नेछ सचेत रहनुहोला । बुधबार देखि भनै सकारात्मक दिन हरु आउने छन । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता शुभ रहने देखिन्छ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । । । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । फर्निचर तथा डिजायन एवं डेकोरेशन सँग सम्बन्धित कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । प्रेमी सँग वादविवाद पर्नाले मन खिन्न हुन सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दार प्रयास आवश्यक छ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई राम्रो चुनौती दिन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ सोम सोमाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि साताको अन्त्य तिरका दिनहरु अलि कमजोर देखिएपनि अन्य दिनहरु भने सबल देखिएका छन । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई कमजोर हुन सक्नेछ । राम्रो ध्यान दिनु आवश्यक छ । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि साता शुरुको दिन आईतबार बिहान अष्टम भावमा चन्द्रमाको गोचर रहने हुनाले मनमा चिन्ता एवं डर बढ्ने देखिन्छ । स्वास्थ्यमा समेत समस्या देखिन सक्नेछ । तर दिउँसो देखि भने अवस्थामा सुधार हुँदै जानेछ । नोकरी गर्ने हरुका लागि उपयुक्त समय रहनेछ । आफुले गर्ने कार्यमा भाग्यले साथ दिनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । आध्यात्मिक एवं सामाजिक कार्यमा मन जानेछ । आर्थीक कारोबार सकारात्मक रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

मिन राशि – मिन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले आईतबार दिउँसो देखि मंगलबार दिउँसो सम्म हेर्दा बिरोधि हरुले बाधा ल्याउने एवं स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । यि दिन कुनैपनि व्यक्तिलाई सापटि नदिनु एवं लगानी नगर्नु उत्तम हुनेछ । स्वास्थ्य अवस्था सबल पार्न आफ्नो आहारबिहार मा विशेष ध्यान दिनुहोला । अन्य दिनहरु भने शुभ रहेका छन । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । यसले आपसी सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।