अदालतको आदेशअनुसार रवि लामिछानेले पालना गर्नुपर्ने ३ शर्त

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक हुन् । सामाजिक संजाल फेसबुकमा उनको स्टाटस जस्ताको जस्तै ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशबाट रिहा भएका त छन्, तर अदालतमा उनले गरेको बयान, प्रमाण तथा बहस सुनिसकेपछि जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजालसले उनलाई ३ वटा शर्तमा रिहा गरेको हो:

१ उनी साधारण तारेखमा रिहा भएका नभै रिहा हुन उनले ५ लाख रुपैयाँ बुझाए । मुद्धामा धरौटी मागको अर्थ सो प्रकरणमा उनी शतप्रतिशत निर्दोष छैनन् भन्ने हो ।

२ पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आफैँले टेलिभिजन कार्यक्रम बनाएर प्रसारण गर्न पाउने छैनन् । आफू अभियुक्त रहेको प्रकरणमा म निर्दोष छु भन्ने किसिमका सामग्री तटस्थ नहुने एवं तथ्यहरु तोडमोडको सम्भावना रहने भएकाले अदालतले त्यसलाई प्रतिबन्ध लगाएको हो । उनी अभियुक्त भएको प्रकरण बाहेक न्युज २४ को ‘सिधा कुरा जनतासँग’मा अन्य सामग्री देखाउन प्रतिबन्ध हुने छैन ।

रविले आफू अभियुक्त रहेको प्रकरणमा आफैँलाई निर्दोष देखाउने संकेत पहिलै गरेपछि अदालतले त्यसमा सावधानी अपनाएको हो । उनले ‘प्रहरी हिरासतमा असुरक्षित छु’, ‘अनुसन्धान स्वीकार्य छैन’, ‘थुनामुक्त भएको ३ मिनेटमै निर्दोष प्रमाणित गर्दिन सक्छु’ जस्ता अभिव्यक्ति दिएका थिए ।

३ उनी सुटुक्क विदेशतिर लाग्न पाउने छैनन् । विदेश जानुपर्ने भए जिल्ला अदालत चितवनबाट अग्रिम रुपमा उद्धेस्य र कारण खुलाई लिखित अनुमति माग गर्नुपर्नेछ । अदालतलाई मनासिब लागेमा उनलाई अनुमति दिन सक्नेछ । अनुमति नदिन पनि सक्नेछ । अनुमतिबिना विदेश जान खोजे उनी पक्राउ पर्न सक्नेछन् । अदालतको आदेश उल्लंघन गर्न प्रयास गरेको अवस्थामा पक्राउ परे उनी थुनामा जानेछन् ।

बेलायतबाट समाजसेवी इशा गुरुङ आफ्नो धारणा हेर्ने पर्ने भिडियो :