कसरी बने रबि हिरो ? साउथ फिल्ममा जसरी जनताको नजरमा (पुरा जानकारी सहितको भिडियो)

रवि एउटा प्रभावकारी कार्यक्रम बनाउन चाहन्थे । केही यस्तो काम गर्नुप¥यो, जसका कारण आफ्नो नाम रहोस् । त्यसपछि उनले ६२ घण्टा १२ मिनेटसम्म कार्यक्रम चलाएर विश्वमा सबैभन्दा लामो समयसम्म टक शो होस्ट गरेको विश्व कीर्तिमान बनाए । यो सन् २०१३ को कुरा थियो । तर विश्व रेकर्डले भन्दा पनि उनलाई चिनाउने काम चाहिँ ‘सीधा कुरा’ले नै र्गयो । यसको सुरुवात भने ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ बाट भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री थिए त्यतिबेला । सरकार परिवर्तन भएर प्रचण्ड प्रधानमन्त्री बने, कार्यक्रम अर्कैले चलाए। त्यही लोगो र त्यही सेटमा । उनले ‘सीधा कुरा प्रधानमन्त्री’सँग नभई ‘सीधा कुरा जनतासँग’ चलाए उस्तै लोगो र उस्तै सेटमा। त्यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो। जनतालाई आफ्नो कुरा यही कार्यक्रममा आउँछ, आफ्नो समस्याको समाधान यही कार्यक्रमले गर्छ भन्ने विश्वास जित्न सफल भयो यो कार्यक्रम। नेपाली समाजलाई सबैभन्दा छुने विषय – वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामा झाँको झार्ने कामदेखि अलपत्र परेकाहरुको उद्दारसम्मका घटनाले नै उनलाई हिरो बनायो। समस्या समाधान हुने आशामा मान्छेहरुको भिड प्रहरी चौकीमा भन्दा बढी उनको अफिसमा देखिन थाले ।

भिडियोमा हेर्नुहोस