लाखौं मानिसहरुको भिडले घेरिएको रामघाट अनि रसाएका सबैका आँखा । शुक्रबार पोखरामा देखिएको यो दृश्य नेपाली ईतिहासकै कालो दिन हो अर्थात ज्यादै दुःखदायी क्षण । बुधबार ताप्लेजुङको तारेभीरमा हेलिकोप्टर दुर्घटनाबाट निधन भएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीको पार्थीव शरिरलाई पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली पश्चात् रामघाटमा अन्त्यष्टी गरियो ।
रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा हजारौं सर्वसाधारण सहभागी भएका थिए ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2019/03/rabindra-ko-last-video.jpg?resize=1280%2C720&ssl=1)