११ बर्षीया बालिकालाइ चाउचाउको लोभ देखाई मुख थुनेर बलात्कार; उखुबारीमा जिउँदै जलाइयो (भिडियो)

धनुषा: मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ११ वर्षिया रेश्मा रसाइलीलाई चकलेट र फ्रुटि खानदिने लोभ देखाएर उखुबारीमा लागि बलात्कार गरि हत्या गरेको स्थानीयले खुलाएका छन। गत फागुन २ गते रेश्माको बलात्कारपछि हत्या भएको हो। उनको शव आधा जलेको अवस्थामा नजिकैको उखुबारीमा भेटिएको थियो।

हत्या आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका-४ बेंगारी टोलका २२ वर्षीय निरज जर्घा मगरलाई मंगलबार प्रहरीले सार्वजिक गरिसकेको छ। रेश्माको सामूहिक बलात्कारपछि हत्या गरिएको शंका परिवारजनले गरेका छन्। ती बालिका गाउँमा भएको बिहे भोजमा सहभागी हुन् गएकी थिइन्। त्यसैबेला आरोपीले बालिकालाई चकलेट र फ्रुटि खानदिने लोभ देखाएर उखुबारी लगेर बलात्कार गरि हत्या गरेका थिए।

एक मात्रै छोरीको हत्याले हहिरपुरका देवनारायण रसाइलीको परिवार शोकमा डुबेको छ। रेश्मा जन्मजात देखि नै बोल्न सक्दिन थिईन। यतिबेला हरिहरपुर मगरटोलको सिङ्गो गाउँ नै त्रसित छ। स्थानीयबासीहरुले त्यस्ता घट्नाहरु धेरै हुने गरेको बताए। घाँस दाउरा गर्न समेत् महिला तथा बालबालिकाहरुलाई जान पनि डर भएको उनीहरुको भनाई छ। स्थानियबासीले अपराधीलाई फाँसीको सजाय हुनुपर्ने माग राखेका छन्।

हेर्नुहोस भिडियो

बलात्कारीले बलात्कार गरी सके पछि उखुका पातलाई कपडाले जलाएर यसरी मारेर फाल्यो