अमेरिकामा एनआरएनको चुनावलाई लक्ष्य गर्दै छ्यापछ्याप्ती किर्ते फेसबुक आईडी (मुहार पुस्तिका हुलिया), सतर्क र सावधान हुन् जरुरी

विजय थापा, आगामी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको निर्वाचनलाई मध्ये नजर गर्दै सामाजिक संजाल फेसबुकमा किर्ते, जालसाजी, नक्कली हुलिया (परिचय) बनाउने गिरोहको बिगबिगी बढेको छ ।

यी सबै निर्माण र परिकल्पना गर्ने कुनै बहादुर नभई अमेरिकामा सूचना प्रविधि सम्बन्धि बिशेष ज्ञान भएका र अनुहार किताव चलाउन दक्ष नेपालीहरु नै संलग्न छन्। आफ्नो स्वार्थको लागि नेपालीले अमेरिकामा यस्तो घिनलाग्दो हर्कत गर्ने गर्छन भन्ने परिकल्पना गर्न सकिदैन । यो दुखद कुरा हो ।

बिशेष गरि केही आर्थिक प्रलोभन प्राप्त भएको हुन् सक्ने तथा र बिशेष आफ्ना पक्षका उम्मेदवारलाई आगामी एनआरएन अमेरिकाको निर्वाचनमा बिजयी गराउन यस्ता बेनामी किर्ते हुलियाहरु झुल्किने गरेको सजिलो संग देख्न पाइन्छ । नत्र आर्थिक लाभ अमेरिका नभई आफ्ना उम्मेदवारलाई जिताउन कानुन कडा भएको देशमा यसरी जोखिम लिनु निकै आँट चाहिन्छ ।

एनएनएन अमेरिकाको चुनावलाई तारो बनाउदै यसरी दिनहु एनआरएन को प्रतिक चिन्ह (लोगो )राखेर आगामी चुनावको लागि लक्षित गरेको प्रष्ट हुन्छ । विभिन्न प्रकारका तस्बिर ,अन्य चिज ,खाली र अनेक बेनामीको नाममा सामाजिक संजाल मार्फत भटाभट सलबलाई रहेको अमेरिकाका नेपाली समुदायले देख्न सक्छन ।

यो गिरोह बिगत अगाडिका दुई वटा निर्वाचनबाट नै आफ्नो विस्तार फैलाई रहेका देखिन्छ । ४ बर्ष अगाडी देखि खोलिएका यस्ता किर्ते हुलियाहरु केवल सदस्यता संख्या बढाउने र एनआरएन को नेतृत्वमा जिताउने नितान्त अभिप्राय सहित सामाजिक संजाल प्रयोग गर्ने देखिएको छ ।

र अघिल्लो निर्वाचनमा यो झन् सक्रिय रहेको एनआरएन अमेरिकाको नया समितीको निर्वाचन हुने भएकोले अझ केही गिरोहबाट संचालनमा रहेका छन् । निकै सक्रिय यो गिरोह संग परिचय खोज्न सकिदैन । यस्ता बेनामी तथा शंकास्पद दैनिक रुपमा बिभिन्न नाम उपनामले देखिन्छन ।

यस्ता कुनै पनि प्रकारका नया आफुले नचिनेको मानिस या शंकास्पद लागेमा सामाजिक संजालमा साथी नबन्न सबैमा यो संदेश पुर्याउन पर्ने भएको छ । हामी अमेरिकामा छौ । यस्ता कुरालाई कसरी समाधान गर्ने हामि सबैलाई राम्रो ज्ञान छ ।

यसले जो कसैलाई पनि फसाउन सक्छन । अधिकांश रुपमा एनआरएन को नाम कतै जोडेर यो घृणित काम गरि रहेका छन् । उनीहरुले यति सम्म गर्न सक्छन कि तपाईको नाम बाट फेसबुक(मुहार पुस्तिका) तपाईलाई थाहै नभई चलाई रहेको समेत फेला पारिएको छ ।

यति सम्म कि तपाईलाई फेसबुक मार्फत अनुरोध गर्दा म्युचुएल (पारस्परिक ) साथीहरु समेत भएको तपाई देख्नु हुन्छ । तपाईले मेरो चिनेको साथीभाई भनेर अनुरोध गरेको मित्रता स्वीकार गर्दा तपाई फस्न सक्नु हुन्छ । अनि साथी बने पछि तपाईले थुप्रै कुराहरु गुमाउन सक्ने हुनाले सावधान अपनाउन सबैमा यसै सूचना मार्फत सबैमा यो संदेश पुगोस भन्ने भन्ने हाम्रो चाहना रहेको छ ।

यस्ता किर्ते र जालसाजी संग धमाधम फसाई रहेका छन् । यसका लागि यसका पहिचान गर्ने र एक आपसमा खबर गर्ने समेत समुह छ । दर्जनौ यस्ता बेनामी र फेक आइडी ,नक्कली हुलिया (आईडी)भएका पत्ता लागेका छन् ।

अर्काको नक्कली आई डी ( जालसाजी हुलिया ) बनाई अरुले नै संचालन समेत गर्ने गरेको थाहा लागेको छ । हुन् त बिसेष व्यक्तिहरु ( सेलेब्रेटी ) हरुको अन्य कसैले बनाउने बिश्व ब्यापी रोग भएता पनि अमेरिकामा एनआरएन अभियानमा लागेका महिलाहरुका नक्कली हुलिया बनाई प्रयोग गर्नु जस्तो निन्दनीय कुरा केही हुन् सक्दैन ।

उनीहरुले यसबाट थुप्रै कुराहरु बिगतमा सूचनाहरु संकलन गरेको हुन् सक्छ । अमेरिकामा बिशेष गरि गैर आवासीय नेपाली संघ संग सदस्य रहेका तथा अभियानमा रहेकाहरु पूर्ण रुपले सावधान ,सतर्कता ,सचेत र यस्ता लाई निस्तेज गर्न पछि हट्नु हुदैन ।

समयमा यसलाई निरुत्साहित गर्ने र साथीभाईमा खबर गर्ने गरेमा यस्ता बेनामी र किर्ते ,जालसाजी हुलिया आफै बिलाउने छन् । यो सबै सचेत नागरिकको जिम्मेबार पनि हो ।

यस्ता सामाजिक संजाल बिशेष गरि अनुहार कितावमा सयौ हजारौ समूह निर्माण गरिएका हुन्छन । सावधान र बिबेक प्रयोग गरेर मात्र यस्ता समुहमा प्रवेश गर्नु होला । अमेरिकामा व्यस्तताको कारणले नहेरी साथी बन्ने हुँदा ठूलो धोका पाइनेछ । र सबै मिलेर यस्ता गलत र बिशेष स्वार्थका लागि बनिएका समुह बाट टाडा रहनु नै बुद्धिमान हुन्छ । यस्ता शंकास्पद किर्ते चिजहरु सामाजिक संजालमा देखेमा तुरुन्तै सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु पर्ने हुन्छ ।

कुनै पनि उम्मेदवारलाई जिताऔ भन्ने सामाजिक संजाल निकै प्रचलित छ । बिगतमा यस्ता देखिएका छन् भने अब केही समय पछि यस्ता सामाजिक संजाल मार्फत आउने छन् तर सावधान पूर्वक सक्कली हो या हैन भन्ने कुरा पत्ता लगाउने जिम्मा हामी तपाई सबैको हो ।

यस्ता पनि सल्बलाउने हुनाले एक पटक विश्वसनीय व्यक्ति या समूह हो या हैन भन्ने पक्का आफैले गर्नु पर्ने हुन्छ ।

को हुन् यि समूह ?

यिनीहरु पृथक रुपमा सामाजिक संजालमा रहेता पनि एक आपसमा गासिएका छन । संजाल बनाएर बसेका छन् । सामाजिक संजालका उस्तादहरु हुन् । एक भत्काउने गिरोह हो ।

के को लागि यसरी सामाजिक संजाल भर बिगबिगी ?

केवल आगामी एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल यिनीहरु सक्रिय हुने छन् । आफ्ना उम्मेदवारलाई सामाजिक संजाल मार्फत ब्यापक प्रचार प्रसार गर्ने र जिताउने मुख्य उद्धेश्य रहेको बुझिन्छ ।

छद्म भेष् मा किन ? किन परिचय खुलाउदैन ?

आफ्नो नाम खोल्दैनन । परिचय पनि दिदैनन । गिरोह भएकोले मात्र आफ्ना उम्मेदवार र खेमालाई बिजयी गराउनु मुख्य कार्य हो । तपाईहरु यस्ता संग नाम र सम्पर्क गर्ने कोसिस गर्नुस । सबै यस्तै ड्याङ्ग का भन्ने हैन ,केवल नाम र आफ्नो सम्पर्क माग्नु पर्छ ।

यस्ता सामाजिक संजाल किर्ते हुलिया कुन राज्य या शहर बाट संचालित छन् ?

सबै भन्दा ज्यादा यस्ता फेक आई डी बनाउने न्यू योर्क प्रथम ,दोश्रो टेक्सस र तेश्रोमा क्यालिफोर्निया बाट निर्माण हुने बुझिएको छ । तथापी बिशेष उद्धेश्य तथा आफ्ना मन परेका उम्मेदवारलाई जिताउने लक्ष्य भएकोले जुन सुकै स्थान बाट पनि यस्ता हर्कत हुन्छन । हामी सावधान हुनु पर्छ ।

बिगतमा कस्को सामाजिक संजाल चलाएका थिए ?

एनआरएन अमेरिकाकि पूर्व उपाध्यक्ष तथा अध्यक्ष कि उम्मेदवार रबिना थापा लगायत अन्यको समेत नक्कली आई डी ( जालसाजी हुलिया ) बनाई संचालन गरि रहेको बुझिएको छ ।

नक्कली ,किर्ते तथा जालसाजी हुलिया संग कसरी बच्ने ?

एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल सतर्कता हुने । नचिनेको कोही संग पनि नजोडिने । साथीभाई तथा सार्वजनिक रुपमा यस्तो आएको छ भनि सार्वजनिक गर्ने । कानुनी देश भएकोले र आफ्ना सूचना प्रविधि (आइटि) का विज्ञ तथा सामाजिक संजालमा आफू भन्दा जान्ने संग सम्पर्क गर्ने ।

अनुहार कितावमा आफ्ना म्युचुएल (पारस्परिक ) साथीहरु छन् भने के गर्ने ?

यस्तो देखेमा पनि स्वीकार नगर्ने । पहिला सम्पर्क संख्या (कन्ट्याक्ट नम्बर )माग्ने । परिचय माग्ने । यसो गरेमा सक्कली छ भने तुरुन्तै उत्तर आउछ तर नक्कली छ भने उत्तर आउदैन । यस्मा सावधान हुने ।

यस्तो अभियान यस्ता किर्तेहरुको कहिले सम्म हुन्छ ?

यो अभियान एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नआउन्जेल सम्म हुनेछ । त्यस पछि अन्य बेलामा पनि सक्रिय भएता पनि केवल आफ्ना उम्मेदवारलाई जिताउन लागेकोले परिणाम पछि अस्ताउने छन् ।

अमेरिकामा प्रहरीलाई खबर गर्न सकिन्छ या सकिदैन ?

यसका लागि तपाईहरु आफ्नो स्वबिबेक प्रयोग गर्नु पर्ने हुन्छ । तपाईको सारा गोपनियता भंग हुने गरि गरेमा र चोरेमा प्रहरीको सहारा लिन सकिन्छ । तपाईलाई साह्रै दुख पाउने गरि आक्रमण भएमा प्रहरीको सहायता र सहयोग पनि लिन नसकिने भने होईन ।

यस्तालाई समय मै निर्मुल गर्नु पर्छ । यस्ता किर्ते हुलिया (आडी ) निर्वाचन सम्म देखेमा तिरस्कार गर्ने । अस्विकार गर्ने ,साथीभाईलाई तस्बिर खिचेर पठाउने ,सार्वजनिक गर्ने ,परिचय खोजेमा स्वत आफ्नै हराएर जाने छन् ।

एनआरएन अमेरिकाको निर्वाचन सम्म यस्ता जालसाजीलाई परास्त गरौ । बहिस्कार गरौ । छिर्न नै नदिऔ । यसो गरेमा तपाई सुरक्षित हुनु हुने छ । तपाईको भलाई हुनेछ ।