मेरा खुट्टाहरु गुमे सँगै श्रीमतीले पनि मेरो साथ छोडिदिईन्! मार्मिक भिडियो सहित

मलेसियामा आफ्ना दूवै खुट्टा गुमाएका गोरखाका वुद्धि बहादुर ढकाल लगायत नव श्रीमती लाई अहिले निलमनी भण्डारीको भेटमा यस्तो देखियो :

निलमनी भण्डारीको स्टाटस सहित :

”भनिन्छ मान्छेको जीवनमा खुशी ल्याउन ठूलो कुरा केही चाहिँदैन! सानो सानो खुशीमा पनि रमाउन सक्छ मान्छे! वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा आफ्ना दूवै खुट्टा गुमाएका गोरखाका वुद्धि बहादुर ढकाललाई केही समय अगाडी मैले भेट्दा आँखाबाट बलिन्द्रधारा आँशु बगाउँदै भनेको एउटा शब्द आज पनि म स्मरण गर्न सक्छु! मेरा खुट्टाहरु गुमे सँगै श्रीमतीले पनि मेरो साथ छोडिदिईन्! ऊनको एउटा अन्तरवार्ता लिएर मैले स्कटनेपाल को यूट्यूव च्यानलमा हालिदिएको भिडियो हेरेर सिन्धुली कि राधिका बस्नेतले वुद्धि बहादुर ढकाललाई जीवन भरी अर्धाङ्गिनीको रुपमा साथ दिने बाचा गर्दै मलेशियाको आफ्नो जागिर समेत् छोडेर नेपाल आएकी छिन्! अहिले यो जोडीलाई साँच्चै नै नमूना जोडीको रुपमा देख्न पाउँदा मैले पनि आफूलाई भाग्यमानी ठानेको छु! यो जोडीमा कोही कसैको नजर नलागोस्! भगवान सँग यही प्रार्थना गर्दछु! वुद्धि✝राधिका लाई सफल दाम्पत्य जीवनको लाखौँ करोडौँ शुभकामना! आज यो नमूना जोडी सँगको भेटघाट पछि लिईएको सामुहिक केही तस्विरहरु!”