त्यो बिगट ठाउ, गरिबी, पिडा, त्यो परिवार, तिनी मासुम चेहरा हरु (अहिले सम्मकै मार्मिक भिडियो)

”त्यो बिगट ठाउ, गरिबी, पिडा, त्यो परिवार, तिनी मासुम चेहरा हरु….. एउटी आमा कती खुशी भै होलीन मेरो छोराको लागी भनेर। तिनीलाई के थाह त्यो कैमारा र माइक्रो फोन बाट खिचिएको दृश्य र लिएको आवाज उनको छोरालाई संसारले हेर्ने छ देख्ने छ भनेर हामी निशब्द छौ !”

अत्यन्तै बिपन्न परिवारमा जन्मिएका बाल गायक अशोक दर्जी सडकमा गित गाएर ८ बर्षको उमेरमा आफ्नो परिवारलाइ आर्थिक रुपमा सहयोग गर्थे । सानो उमेर, च्यातिएका कपडा र धुलो मैलो भएर सडक सडकमा गित गाउँदै २/४ रुपैया माग्दै दुख गर्थे । त्यस्तै झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।

करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् । सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा मैले देखे उनको त्यो जादुमय स्वरले मलाई मार्मिक बनायो किनकि बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँदै थिए । बिक्रम लावतीको यस्तो प्रतिभा देखेपछि म र मेरा ३ जना साथी मिलेर पाँचथर जिल्लाको मौवामा बिक्रमको घर गयौ । त्यहाँ पुगेपछि हामी अत्यन्तै दुखित भयौ किनकि बिक्रमको घर अनि परिवारको त्यस्तो दर्दानाक अवस्था देख्दा सबैका आँशु रसाए । सम्पूर्ण नेपाली माझ पुराउन सबैले यो भिडियो धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।