नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने ।

राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै २०१९/२/१९ तारीकका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली काँग्रेसका सचेतक एवं सांसद बाल कृष्ण खाँडको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने भएको छ।उक्त कार्यक्रमलाई सफल बनाउनका लागि बिशेष अतिथि नेपाली काँग्रेसका सांसद एवं पूर्ब सिंचाई मन्त्री संजय गौतम र नेपाल तरूण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरूङको उपस्थिति जनाउने हुने छ।त्यसै गरी नेपाली जनसम्पर्क समिति हंगकंगका बर्तमान र पूर्ब कार्य समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहने छ ।

नेपाली जनसम्पर्क समिति मकाउ सन २०१३ को जुन १४ का दिन नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा अम्बिर जोशीको सभापतित्वमा २७ सदसीय कार्य समिति गठन गरीएको थियो त्यस पछि सन २०१५ देखि सन २०१८ सम्म शुदर्शन थापाको सभापतित्वमा नेपाली जनसम्पर्क समिति मकाउको नयाँ कार्य समिति गठन गरीएको थियो भने सन २०१८ देखि सन २०२० सम्मका लागि लेख बहादुर गुरूङको सभापतित्वमा २५ सदसीय कार्य समिति गठन गरीएको छ।यसै कार्य समितिले नै नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ मनाउने लक्ष्यका साथ अगाडी बढेको छ।

तपशील
मिति:-२०१९/२/१९ तारीख मंगलबार
समय:-बेलुकी १८:०० बजे
स्थान:- मेट्रोपोल होटल मकाउ ।