त्रिभुवन बिमानस्थलमा झोला झिम्टी र सामान जफत भएको बिषयमा रेखाले मन्त्री गोकर्ण बिष्टलाई यस्तो लेखिन !

Spread the love

काठमाडौं । अभिनेत्री चर्चित रेखा थापा आफ्नो फेसबुक सामाजिक संजाल प्रयोग गरि बैदेशिक रोजगारको शिलशिलामा गएका नेपाली प्रवासी युवाहरुको पक्षमा बोलेकी छिन् । रेखाले विमानस्थलमा विदेशबाट नेपाल आएका नेपाली युवाहरुको समान जफत गरेको विषयमा बोलेकी हुन् । वर्षौ बैदेशिक भूमिमा परिश्रम गरेर घर फर्किने बेला आफ्ना आफन्त आमाबुबालाई ल्याएको केहि कोशेली पनि विमानस्थल मै जफत हुन थालेपछि त्यसको कडा प्रतिरोध गरेकी हुन् ।

रेखा लेख्छिन – संसार भरी रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाइले नेपाल फर्किदा त्रिभुवन बिमानस्थलमा झोला झिम्टी र सामान जफत भएको बिषयमा गत साता देखी आवाज उठिरहेको छ । श्रमिक माथि हुने असम्मान व्यबहार र उनिहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन नेपाल सरकारका माननीय रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई आज मन्त्रालयमा भेटेर हजारौ श्रमिकहरुको गुनासो तथा ध्यानाकर्षण पत्र बुझाईयोI पत्र बुझ्ने बित्तिकै मानानीय मन्त्रिले अर्थ मन्त्रालय सँग समन्वय शुरु गर्नु भएको छ। पहलको लागि श्रमिकहरुको अभिभावक मन्त्री बिष्टलाई धन्यवाद ।नतिजाको पर्खाईमा !