पिरिम नलाउने पछि आशिषको नयाँ गीत “रोमान्टिक छु”

“आजलाई तिमी लेट नगर
रोमान्टिक छु अपसेट नगर”

चर्चित गायक आशिष सचिनको नयाँ गीतको बोल हो सार्बजनिक भएको छ। चर्चित गायिका अन्जु पन्तको साथमा उनले गाएको यो गीत भिडियो सहित बजारमा आएको छ। यस अघि मेलिना राईको साथमा लोक शैलीको गीत “पिरिम नलाउने” गाएर भाइरल बनेका आशिष नयाँ गीत डान्स नम्बर हो।

सुब्रतराज आचार्यले निर्देशन बनेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्कीलाई भारतको मुम्बईमा बस्ने मोडल बिजु पार्कीको साथ निकै कामुक शैलीमा प्रस्तुत गरिएको छ। बिजु मुम्बई स्थित टेरेन्स लुइस स्टुडियोका नेपाली कोरियोग्राफर पनि हुन्।

अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेल द्वारा संगीतबद्व यस गीतलाई लेखेका हुन् गीतकार तथा गजलकार नृपेश उप्रेतीले।
हेर्नुहोस पुरा भिडियो :