रविना बादीको छोराको यस्तो दर्दनाक अवस्था , लाइभमा आएर किन यस्तो भनिन ?(भिडियो सहित)

झापा । केही दिन अघि मात्र छोराको एक वर्षको जन्मदिन मनाएकी थिइन् । तर त्यो खुसी केही दिन पनि टिक्न सकेन । छोरा विरामी छन् । उनको छोरालाई ब्लड क्यान्सर भएको चिकित्सकहरुले बताएका छन् ।उनले छोरा बिरामी भएपछि रुंदै छोरालाई बचाईदिनु भन्दै फेसवुक लाइभमा आइन् । तर केही युट्युव च्यानलले उनको त्यो भिडियो फेसवुकवाट कपि गरेर नकारात्मक म्यासेज जाने गरी भिडियो सार्वजनिक गरे । उनलाई नै नराम्रो आरोप लगाउँदै आएको समाचारले रविना झन दुखी भएकी छन् ।

उनले यदि आफ्नो बच्चा बचाइदिने कोही आए आफ्नो अर्को किड्नी समेत बेच्न तयार रहेको बताइन् । निकै भावुक देखिएकी रविनाले छोरा बचाउन आफु मर्न पनि तयार रहेको बताइरहंदा आँखावाट आँशु झारीरहेकी थिइन् । मेरो छोरा यो अवस्थामा हुँदा पनि म माथि नकारात्मक कुरा लेख्नेहरुलाई पनि म केही भन्न सक्दिन । पैसा कमाउनकै लागि मेरो इज्जत उछाल्न त हुँदैन नी, उनले भावुक हुँदै भनिन्, मैले केही चाहेको होइन यो छोराको लागि बाँच्न मात्र चाहेको हो ।