चलचित्र “समर लब” को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ : सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र “समर लब” को ट्रेलर सार्वजनिक भएको छ । राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र “समर लब” को ट्रेलर सार्वजनिक गरिएको हो। निकैनै आकर्षक ढंग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ ।

चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतले अभिनय गरेका छन्। सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् । ब्यबसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र “समर लब” लाइ निर्देशन गरेका हुन् । वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रो सँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीहरुको मन जित्ने कुरमा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.