सुनमान्छे भित्रको डरलाग्दो रहस्य, यसरी थर्काउछ्न् मान्छे (हेर्नुहोस् भिडियो)

भक्तपुर। काठमाडौको जोरपाटी बस्ने सुवास लामा सुन मान्छेको नामबाट परिचित छन्। उनको शरीरमा कम्तिमा पनि ४० तोला भन्दा बढी सुन छ। उनको हातको औला सुनको औठीले भरिएको छ कान मुन्द्राले भरिएका छन् अनि गलामा मोटो चाँदीको सिक्री छ। उनलाई बाल्यकाल देखि नै सुन लगाउन मन लाग्ने उनको भनाई छ। अहिले त्यही सोख पुरा गर्दैछन् उनी।
सुनको शोख राख्ने सुवास कलाकारितामा पनि उत्तिकै रुची राख्छन।

उनलाई दुईवटा फिल्मबाट अफर आएको पनि छ। उनले नयाँ फिल्म घनचक्रमा सौगात र सोनल बस्नेतसँग पनि स्क्रिन शयेर गरोसकेका छन् भने अब उनी अभिनित चलचित्र ‘बज्र’ रिलिज हुने क्रममा छ। उनलाई टेली सिरीयलबाट पनि अफर आईरहेको छ। उनले यसअघि थुप्रै चलचित्रमा फाइटरको अभिनय गरिसकेका छन्। उनी भन्छन,’१३, १४ जनाको ग्रुपमा फाइटर बनेर कति खेले तर त्यसमा आफुलाई चिन्न पनि राम्रोसँग हेर्नुपर्थ्यो, त्यति बेला तातो घाममा फाईटर बनेर कति फाइट गर्दा कति लडे तर दाम पनि न आउने नाम पनि नआउने भएको कारण अब म एक्स्ट्रा अभिनय गरेर दर्शकमाझ चिनिन चाहान्छु।’

चलचित्रमा खलपात्रको भूमिका निर्वाह गरेका उनी एक समाजसेवी पनि हुन्। उनले जोरपाटी क्षेत्रमा फोहोर ब्यबस्थापनको काममा तल्लिन् छन् । उनी धर्मकर्ममा पनि आस्था राख्छन। आफु लामाको छोरा भए पनि शिवजीको भक्त भएको उनले बताए। उनले घाँटीमा शिवको लकेट भएको चाँदीको चेन लगाएका छन्। ३०, ३५ तोला सुन लगाएका सुवास अझै सुन थप्ने विचारमा छन्। उनी अरुभन्दा फरक लुकबाट आफ्नो पहिचान बनाउन चाहन्छन। उनको आफ्नो पहिरन, गहना देखि उनले चढ्ने बाईक र कार समेत युनिक खालको हुने भएकाले उनी बाहिर हिड्दा अरु आकर्षित हुने गरेको उनी बताउँछन्।

हेर्नुहोस् भिडियो :