गीत हिट तर मान्छे गुमनाम किन ? (भिडियो)

रुद्र बहादुर भण्डारी ‘धुलो’ एक साहित्यकार तथा गीतकार हुन्। जीवनको भोगाई र आफ्नो जीवन कै अनुसन्धान गर्दै जाँदा आफुलाई धुलोको रुपमा पाएको कारण आफ्नो उपनाम ‘धुलो’ राखेका रुद्र भण्डारीले साहित्य विधामा धेरै वर्ष कलम चलाएर पनि आज गुमनाम भएका छन्।
साहित्यको सृजनाका धनी रुद्र भण्डारी मारेङको साविक गोबिन्दपुरमा जन्मिएका हुन्। गरिब परिवारमा जेठो सन्तानका रुपमा जन्म भएसंगै भण्डारीले जीवनमा सुखको अनुभव कहिल्यै गर्न पाएनन्। उनी भन्छन, ‘हिजोको दिनमा बास नभएको लडिरहेको धुलोले आज डेढ कट्ठा जमिनमा आजको दिनमा बस्ने छत बनाउन सफल भएको छु।’

दुःखै दुःखका बीच पनि सर्घष गर्दै रुद्रले मोरङ टा“डिको एल. एल. सि.सम्मको पढाई गरे तर त्यो पछिको उनको अध्यायनले निरन्तरता पाउन सकेन र उनी काठमाडौँ छिरे। उनले ८ वर्षसम्म गलैचा बुने तर बचतको नाममा केहि रहेन। बेलाबखतमा उनी रेडियो नेपालमा जाने गर्थे र उनले २०५१ सालमा वरिष्ट गायक राम थापालाई उनले आफुले रचना गरेको गीत दिएका थिए जुन रेडियो नेपालमा दुईवर्ष जति बज्यो। उनको गलेचा कारखाना गर्ने क्रम मै त्यहि काम गर्ने युवतिसंग प्रेममा परे र विवाह पनि गरे। पछि आफुले केहि बचत गर्न नसकेको कारण उनी गाउँ मै फर्किए।

दर्जनौ बाल कविता, लोक गीत, आधुनिक गीतहरु समेत लेखेका छन भण्डारीले । तर गरिबी कै कारण अहिले सम्म एउटा पनि सृजना प्रकाशन हुन नसकेको भण्डारी गुनासो गर्छन । “किसान चौकमा गेट, उर्लाबारी गेट दिहालन सोल्टिनी डब्लुहिलमा भेट” यो भण्डारीले रचना गरेको लोक गीत हो । यस्तै गरि “के को लागि साचौ रहर के कोलागि बाचौ, भित्र भित्र रोइ रोइ बाहिर कति हासौ” भण्डारीको रचनामा तयार भएको यो आधुनिक गीत आफैमा भण्डारीको रचना उत्कृष्ट छ । तर नाम र दाम भने उनले पाउन सकेनन्। हिरा जस्ता प्रतिभा भएका भण्डारीले आज बाध्य भएर उपनाम धुलो राखेका हुन् भन्दा कुनै फरक नपर्ला।

‘शिव जिको जटामाथि चन्द्र गंगा बगेजस्तै डब्लु माथि चुली गंगा हेर्दा उस्तै उस्तै’ यो कविता पनि आफैमा यथार्थ र वस्तुपरक रहेको छ भण्डारीको । बाहिर हेर्दा भण्डारी जति सामान्य देखिन्छन उनको प्रतिभा भने निकै उत्कृष्ट रहेको मान्न सकिन्छ । भाबुक बनेर रचना गर्न रमाउने भण्डारीले तयार गरेको यो बाल गीत “आ पुतली आ फुलबारीमा जा तेर रुपको सारा रंग फुलमा छरि जा” उत्तीकै उत्कृष्ट रहेको छ । आफुसंगै पैसा नभएपछि अहिले भण्डारीले रचना गरेका सबै कृतिहरु एउटा सानो झुपडिको कुनामा कुजिएका छन ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.