अब हामी तपाईलाई आश्चर्यमा पार्छौँ, गगन थापा जंगिए ! प्रधानमन्त्रीलाई यसो भने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत काम विरुद्ध सडक र सदन सर्घंष गर्ने चेतावनी दिएको छ। चिकित्सा शिक्षा सुधार लगायतका विषयमा आफुहरुले उठाएको मागलाई दुईतिहाईको दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल काम विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत काम विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने बताएका हुन्। संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सरकारले प्रतिपक्षी दलका नेतालाई छल्ने काम गरेको भन्दै उनले सरकारका हर गलत काम विरुद्ध कांग्रेस उभिने चेतावनी दिए। उनले चिकित्सा शिक्षा सुधारमा अवरोध पुर्याउन खोज्ने हरेक कदमलाई कांग्रेसले रोक्ने बताए।

भिडियो हेर्नुहोस