चर्चित गायिका मेलिना राइ र गायक बिरेन्द्र मालाकारको सेलो गीत डम्फु र टुङना सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : चर्चित गायिका मेलिना राइ तथा गायक बिरेन्द्र मालाकार सेलो गीतको म्युजिक भिडियो “डम्फु र टुङना” सार्बजनिक भएको छ ।दर्जनौ चर्चित गीतहरु सांगीतिक फाँटमा पस्केर चर्चा कमाएकी गायिका मेलिना राइ तथा चर्चाको शिखर चड्दै गरेका गायक बिरेन्द्र मालाकारको नयाँ सेलो गीत डम्फु र टुङना भर्खरै मात्र बजारमा आएको हो ।

बिरेन्द्र मालाकारको आफ्नै शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। छायाँकार चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाइ अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल सुष्मा मोक्तान तथा बिशाल सेनेहाङ लिम्बुको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :