‘ठ्याउके’ रवि लामिछानेको दुरुस्तै नक्कल गर्ने नेपाली पोशाक मै हान्छन यति मिठो र्याप

स्कटनेपाल काठमाडौँ,

दर्शन जोशी कलाकारिता क्षेत्रमा उदाउदै गरेको नाम हो। उनलाई सबैले ‘ठ्याउके’ भनेर चिन्ने गर्दछन। ‘जस्तै हामी उस्तै समाज’ भने टेलीसिरियलबाट उनी एकाएक चर्चामा आएका हुन्।
सुदुरपश्चिममा जन्मिएका दर्शन निकै संघर्ष गरेर काठमाडौँ आईपुगेका हुन्। उनले आफ्नो अभिनयले सबैलाई हसाउदै आएका छन्। उनी विभिन्न नेपालका हस्ती देखि जनवारहरुको क्यारीकेचर गर्ने गर्छन जुन आम दर्शकहरुले निकै रुचाएका छन्।

उनले प्रचण्ड, प्रधानमन्त्रि केपी ओली, शेर बहादुर देवा र रवि लामिछाने आदिको दुरुस्तै नक्कल गरेर पिएनपिखबरको भलाकुसारीमा सुनाए। उनी भन्छन, ”आफ्नो कलाबाट पाएको परिश्रमबाट म सन्तुष्ट छु। मलाई दर्शकहरुको राम्रो प्रतिक्रिया, सद्भाव र माया पाएको छु।”

काठमाडौँमा आफ्नो पहिचान बनाउन होम्मिएका जोशी शुरुवाती दिनहरुमा गार्डको काम, रेस्टुरेन्टमा भाडा माज्ने देखि कपडा पसलमा समेत काम गरेको बताए। कलाकारिताबाट उनले आफ्नो दिन फेरिएको महशुस गर्छन जोशी। अभिनयको साथ साथै उनी गीतको रचना गर्ने र आफै गाउने पनि गर्दछन। उनले समयसामयिक अवस्थालाई चित्रण गरेर गीतको रचना गर्ने गर्दछन।

उनका कोसेली मध्य प्राय र्याप र दोहोरी पर्छन जुन बजारमा बेलाबखतमा बजारमा आउने गर्छ। अझ उनको चाख लाग्दो विशेषता के छ भने उनी नेपाली पोशाक दाउरा शुरुवाल मै र्याप गाउने गर्दछन।

पुरा भिडियो हेर्नुहोस