पोखराको मुटु काँप्ने रहस्यमय हत्याकाण्ड, घटनाले लियो यस्तो रुप (भिडियो)

गत जेष्ठ ३० गते पोखराको रामबजारमा एक रहस्यमयी घटना भयो । एकै घरमा भएको घटनामा रामजी घले र सुमित्रा घले दुवै सख्त घाइते भएका थिए भने ११ वर्षे छोरा ज्ञापनको हत्या भएको थियो । सुमित्राको गर्भमा रहेको ९ महिनाको बच्चाको समेत मृत्यु भयो । उक्त घटनाको बिषयमा पोखरामा स्थानीयबासीहरु नै निष्पक्ष छानबिनको लागी सडकमा उत्रिएका छन् । उनीहरुले प्रहरी हिरासतमा रहेका राजी घले निर्दोष भएको भन्दै बिभिन्न ठाउँमा ज्ञापन पत्र बुझाउने देखी किटानी जाहेरी समेत दिएका छन् । सिंगो गाउँनै रामजी घले निर्दोष भन्दै लागेको छ तर प्रहरीले रामजी घलेलाई घटना पनि नियन्त्रणमा दिएर छानबिन गरिहेको छ ।
रामजी घले निर्दोष भन्दै स्थानीयबासीहरुले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय घेराउ गरे । स्थानीयहरुले रामजी घले निर्दोष रहेको र प्रहरीले बिना छानबिन हिरासतमा राखेको भन्दै कास्की जिल्ला अदालत अगाडी भेला भएर श्रीमान् समक्ष न्याय मागिरहेका थिए । रामबजार बिरेन्द्रचोकबाट ¥याली सहित कास्की जिल्ला अदालत बैदाम पुगेका उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी पनि नारा जुलुस गरेका थिए ।