सुन तस्करी लगायतका बिषयमा तयार भएको कमेडी चलचित्र झमक बहादुरको दोश्रो टेलर सार्वजनिक

श्रावण १८ मा रिलिज हुन लागेको चलचित्र ‘झमकबहादुर’ को ट्रेलर २ सार्वजनिक। केही समय अघि ट्रेलर १ सार्वजनिक भए सगै मुम्बई एक्सप्रेस को कपी भनेर निकै आलोचना खेपेको चलचित्र झमकबहादुर को ट्रेलर २ ओ एस आर डिजिटल बाट सार्वजनिक गरीएको छ।

ट्रेलर २ बाटै थाह हुन्छकी चलचित्र कमेडी जनरामा निर्माण गरीएको छ भनेर चलचित्र नितान्त नेपाली परिवेश सुहाउदो आफ्नै मौलिकतामा शुद्ध कमेडी बेस चलचित्र रहेको यस चलचित्र निर्देशक भोमन कटुवाल बताउछन। चलचित्र कही कतै बाट पनि मुम्बई एक्सप्रेस कपि नरहेको उनको दाबी रहेको छ भने शुन तस्करी , लुटपाट र अपहरण लाई मुख्य बिषय बनाई कमेडी बेसमा हामीले प्रस्तुत गरेका छौ उनी भन्छन ।

ट्रेलर २, ट्रेलर १ भन्दा नितान्त फरक देखीन्छ। ट्रेलर यस चलचित्रमा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे),राजु कमेडी,मिन कुमार तामाङ, कल्याण अधिकारी,राजन मर्हजनको र सुजाता थापा मुख्य भूमिका रहेको छ । संगीत ओम सुनारको रहेको छ भने दन्द राजु किरात राईको रहेको यस चलचित्र लाई मिन कुमार तामाङ ले निर्माण गरेका छन र सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन।पवन गौतमको छायाङकन रहेको यस चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका छन। यस चलचित्र श्रावण १८ गते नेपाल भर प्रर्दशन हुदै छ।

 

यस्तो छ दोश्रो टेलर

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.