पोखराको ‘सीता गुफा’भित्र यौनजोडि, जताततै भेटियो कण्डम

कास्की । कास्कीको पोखरा लेखनाथ महानगरपालिकमा रहेको पवित्र सीता गुफामा अनैतिक कार्य बढ्दै गएको । भगवान रामचन्द्र बनबास जाँदा रजस्वला भएकी सीता गुप्तवास बसेको यस गुफालाई सीता गुफा भनिएको धार्मिक किम्बदन्ती छ ।
तर, धार्मिक महत्व बोकेको यस गुफा अहिले तास खेल्नेहरु, चुरोट खानेहरु, लागुऔधष प्रयोग गर्नेहरु साथै यौन सम्पर्कको लागि प्रयोग भएको छ । ५० मिटर लामो र ७ मिटर चौडा यो गुफाभित्र छरपस्ट रुपमा प्रयोग भएका कण्डमहरु, धेरै तासका खोलहरु साथै चुरोटका ठुटाहरु समेत देखिन्छन् । गुफाभित्र अनैतिक कार्य हुने गरेपनि सम्बन्धित् पक्षको ध्यान जान सकेको छैन भने संरक्षण गर्ने तर्फ पनि कसैको नजर नपरेको बताइन्छ ।
[youtube https://www.youtube.com/watch?v=nSxiFZmzDRs]