यी स्वरका महान धनि बालक जसको यति सानै उमेरमा दुवै मृगौला फेल ? दैव पनि कस्तो निष्ठुरी भएको होला ? भिडियो

भक्तपुर। १४ वर्षीय समिर तामाङ् आफ्नो फुपूसँग झापामा बस्छन्। उनको दुई वटा नै मृगौला फेल भएको छ। कक्षा ९ मा पढ्दा पढ्दै उनलाई यस्तो समस्या देखिएको थियो। शुरुमा त कमजोरी भए जस्तो हुने, रिंगटा लाग्ने, शरीर फुल्ने जस्तो समस्या देखे पछि उनलाई अस्पताल लगियो। झापा कै असपतालमा उपचार गराउने क्रममा उनको दुई वटा नै मृगौला फेल भएको थाह भयो।

हाल उनी आफ्नो फुपू बिमला तामाङ् सँग बस्दै आएका छन्। उनको उपचार र उपचार खर्च पनि बिमलाले नै बेहोर्ने गरेकी छिन्। समिरका बुबा वैदेशिक रोजगारीको लागी साउदी अरबियामा छन्। बुबा साउदी गएको केहि समय पछि नै आफ्नो आमा आफुलाई छोडेर गएको बताउछन् समिर। समिरको सानी बहिनी पनि छिन्। आमाले छोडेर गए पछि घरमा लालनपालन गर्न कोहि नभएकोले उनको फुपूले उनीहरुलाई लगेर लालनपालन गरिरहेकी छिन्।

कति कठोर ति आमाको मन जो आफ्ना नाबालक सन्तानलाई चटक्कै छोडेर आफ्नै दुनियाँमा रमाउन सक्छिन्। कति महान हृदय समिरकि फुपूको जसले दाईका छोराछोरीलाई आफ्नै सन्तान जसरि हुर्काउदै छिन्। समिरको मृगौला फेल भएको करिब एक वर्ष बित्न लागि सक्यो तर उनको उपचार अहिले सम्म हुन सकेको छैन। आर्थिक रुपले कम्जोर भएकाले उपचारमा ढिलाई त भएकै छ त्यसमाथि डाक्टरले यसै गर्न पर्छ भनेर उचित सल्लाह सुझाव नदिएकाले समिर अस्वस्थ जीवन जिउन बाध्य छन्।

झापा कै एक अस्पतालमा मृगौला सके फेर्नु नत्र औषधिको भरमा बचाउन सकिन्छ , भगवानमा आस्था राख्नु जस्ता कुरा डाक्टरले भने पश्चात अलमल्ल परेकी समिरकि फुपूले समिरलाई उपचार गराउन झापाबाट काठमाडौँ ल्याइन्। सामाजिक अभियन्ता बबिता योञ्जनको सहयोगार्थमा उनीहरु अहिले काठमाडौँ आएका छन्।

समिरका बुबा साउदी अरबियामा रोडमा ढुंगा बोक्न काम गर्छन्। उनको मासिक तलब नेपाली पच्चिस हजार छ। खाएर बचेको १५ – १६ हजार पैसा उनले आफ्नो छोराको उपचारको लागि पठाईदिन्छन्। तर उनले पठाएको पैसा समिरको उपचार गर्न पर्याप्त हुँदैन। घर बनाउन जोह गरेर राखेको ५ – ६ लाख पैसा उपचार कै क्रममा सकिएर अहिले उल्टै ६ – ७ लाख ऋण लागिसकेको बताउछन् समिर। उनलाई उपचार गर्दा महिनामा ३० हजार देखि ४० हजार सम्म लाग्छ। उनले नियमित रुपमा औषधि सेवन गर्नु पर्छ र १५ दिन बिराएर इन्जेक्सन लगाउनु पर्दछ। उनको उपचारमा निकै खर्च हुने भएकोले समिरका परिवार उनलाई कसरी उपचार गराउने भन्ने कुरामा चिन्तित छन्। आफ्नो बलबुतोले भ्याए सम्म गरे पछि केहि शिप नलागेर उनीहरु मिडियाले केहि सहयोग जुटाई दिन्छ कि भनेर मिडिया समक्ष सहयोगको अपिल गर्दै अहिले समिरलाई बचाउन लागिपरेका छन्।

सानै उमेरमा दुइ वटै मृगौला फेल भएका समिर पढ्नमा निकै अब्बल छन्। उनि भर्खर १४ वर्षका भए। अहिले कक्षा १० मा अध्ययनरत छन्। तर आफ्नो स्वास्थ्य अवस्थाका कारण अहिले उनी विद्यालय जान सकेका छैनन्। निको भएर उनलाई पढ्न जान मन छ। उनी अहिले पनि पढ्न जान रहर र जिद्दी गर्छन्। तर उनलाई विद्यालय गए पछि झन् गार्हो हुने भएकोले उनलाई विद्यालय पठाईको छैन। उनी पढ्नमा मात्र शिपालु छैनन् गीत गाउनमा पनि अब्बल छन्। उनी शुरतालमा मिठो गीत गाउछन्। भविष्यमा गायक बन्ने उनको सपना छ।

समिरलाई बचाउन तपाईहामीले सके धेरै नसके थोरै सहयोग गर्यौ भने उनले नयाँ जीवन पाउनेछन्। त्यसैले सबैले सकेको सहयोग गरिदिनु हुन सम्पूर्ण सहयोगी मनहरुलाई बिनम्र अनुरोध छ। साथै धेरै भन्दा धेरै दर्शक माझ यो भिडियो पुर्याउनको लागि यो भिडियो शेयर गरेर सहयोग जुटाई दिन मदत गर्दिनुहोला।

सहयोग गर्नको लागि सम्पर्क :

बिमला तामाङ् : ९८१४९९१९५६